काठमाडौं, कात्तिक १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच शुक्रबार भर्खरै भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्ष ओली भेटका लागि प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेका थिए । उनीहरूबीचमा टिआरसी र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ।
कोसीमा सरकार निर्माणका क्रममा गठबन्धनमा देखिएको मतभेदलाई लिएर प्रधानमन्त्री दाहाल कांग्रेससँग सशंकित भएका छन्। नेपाली कांग्रेसका नेता शेखर कोइरला पक्षधर नेताहरूले वर्तमान गठबन्धन र प्रचण्ड नेतृत्वको सरकारको चर्को आलोचना गर्दै आएका छन्। कोसी प्रदेशमा कांग्रेससँग मिलेर एमाले समेत सरकारमा सहभागी भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend