काठमाडौं, कात्तिक १० गते । नेकपा एमालेको चियापान कार्यक्रमको मिति एक दिन पछि सरेको छ । एमालेले दशैं, तिहार, छठलगायत पर्वहरूको अवसरमा कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो ।
उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दे कात्तिक १५ गते आयोजना गर्ने निर्णय भएको कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो सवा १२ बजेदेखि शुरू हुने उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend