शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

देशको उच्च पदमा रहेका कर्मचारीले कमिसनको नाममा पैसा उठाउने, ठुला व्यापारीहरू राजस्व छली गरी पैसा थुपार्ने, नेताहरू कमिसनको चक्करमा लाग्दा देश विकास हुन सकेनः प्रभु साह

देशको उच्च पदमा रहेका कर्मचारीले कमिसनको नाममा पैसा उठाउने, ठुला व्यापारीहरू राजस्व छली गरी पैसा थुपार्ने, नेताहरू कमिसनको चक्करमा लाग्दा देश विकास हुन सकेनः प्रभु साह

रौतहट, कार्तिक ९ गते । पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेताहरू नै कमिसनको चक्करमा लाग्दा देश विकास हुन नसकेको बताएका छन ।
बडा दसैँ, दीपावली तथा छठको शुभ अवसर पारेर गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै साहले यस्तो बताएका हुन ।

बडा दसैँ, दीपावली तथा छठको शुभ अवसर पारेर क्षेत्रको प्रत्येक घरमा पुग्ने लक्ष्य अनुरूप सातौँ दिन नेता साहले देवाही गोनाही नगरपालिकाको टिकुलिया पिपरा, गोनाही, धरहरी तथा गरुड़ा नगरपालिकाको लक्ष्मीपुर अमरपट्टी लगायतका गाउँमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

सो क्रममा उनले देशको उच्च पदमा रहेका कर्मचारीले कमिसनको नाममा पैसा उठाउने, ठुला व्यापारीहरू राजस्व छली गरी पैसा थुपार्ने, नेताहरू कमिसनको चक्करमा लाग्दा देश विकास हुन नसकेको बताए ।

शुभकामना कार्यक्रममा आम जनता पार्टीको केन्द्रीय सचिव पूर्व सांसद समीना हुसेन, जिल्ला इन्चार्ज त्रिभुवन साह, जिल्ला अध्यक्ष एवम् देवाही गोनाही नगरपालिकाको पूर्व मेयर धर्मेन्द्र पटेल,आम महिला मिर्चाको केन्द्रीय अध्यक्ष कुमारी बबिता, नेता श्रीभग्वान पटेल, अनिल झा, फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्याशी विजय यादव, महिला नेतृ बबिता यादव, रञ्जु साह , लगायतको उपस्थिति रहेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend