काठमाडौँ, कार्तिक ८ गते । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष बाराका सन्तोष यादवको बुधबार निधन भएको छ । किड्नी सम्बन्धी समस्याबाट ग्रसित ३६ वर्षीय सन्तोषको उपचार वीर अस्पतालमा चलिरहेको थियो ।
उनको बिहान ३ बजे निधन भएको जसपाका प्रवक्ता मनिष सुमनले बताए । उनको निधनले मधेशको राजनीतिमा आपूर्णीय क्षति भएको प्रवक्ता सुमनले बताए । उनका दुई जना सन्तान छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend