शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

राष्ट्रपतिको हातवाट टिका तथा जमरा लगाउन सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरू पुगे शीतल निवास

राष्ट्रपतिको हातवाट टिका तथा जमरा लगाउन सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरू पुगे शीतल निवास

काठमाडौं, कात्तिक ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाई दिएका छन् ।

उनले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, सांसदहरू, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारीलगायतलाई शीतल निवासमा अपराह्न २ देखि ३ बजेसम्म टीका जमरा लगाइदिएका थिए।

त्यस्तै राष्ट्रपति पौडेलले आजै दिउँसो ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई पनि टीका–जमरा लगाइदिए। सर्वसाधारणको लाइन बाँकी नै रहेकाले निर्धारित समयभन्दा एक घण्टापछि सम्म पनि सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने क्रम जारी थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend