शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणहरूको भीड

पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणहरूको भीड

तस्वीरः सामाजिक सञ्जाल ।
काठमाडौं, कात्तिक ७ गते । पूर्वराजा ज्ञानेन्द्र शाहको हातवाट टिका थाप्न निर्मल निवासमा आज सर्वसाधारणको घुँइचो लागेको थियो । पूर्वराजा शाहले निर्मल निवासमा सर्वसाधारणलाई विजया दशमीको टीका लगाइदिएका थिए । उनले आफ्नै निजी निवास निर्मल निवासमा टीका लगाइदिएका हुन् ।

मंगलवार अपरान्ह ४ बजेबाट पूर्वराजा शाहले सर्वसाधारणलाई टिका लगाइदिएका थिए । । पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणहरूको भीड नै लागेको थियो । उनीहरू गेटदेखि नै लाइनबद्ध देखिन्थे । पूर्वराजा शाहले प्रायः हरेक वर्ष वडादशैंको अवसरमा विजया दशमीको दिन सर्वसाधारणलाई टीका लगाईदिदै आएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend