शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

इजरायल–हमास युद्धका कारण इजरायलमा समस्यामा परेका थप १८ नेपाली भारत आइपुगे

इजरायल–हमास युद्धका कारण इजरायलमा समस्यामा परेका थप १८ नेपाली भारत आइपुगे

काठमाडौँ, कार्तिक १ गते । इजरायल–हमास युद्धका कारण इजरायलमा समस्यामा परेका थप १८ नेपाली भारत आइपुगेका छन् । भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत भारतीय सरकारको सहयोगमा उनीहरु आज बिहान दिल्ली आइपुगेको जानकारी दिए ।

इजरायल–हमास युद्धका कारण समस्यामा परेका आफ्ना नागरिक ल्याउने क्रममा भारतले आज बिहान १८ नेपालीलाई पनि ल्याइदिएको हो ।राजदूत डा शर्माले इजरायलमा समस्यामा परेका नेपालीलाई उद्धार गरि ल्याइदिएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले नेपालीहरूलाई दिल्ली विमानस्थलमा स्वागत गर्दै नेपाल जानका लागि यातायातको व्यवस्था गरिएको समेत जनाएका छन् । यसअघि नेपाल सरकारले विमान चार्टर्ड गरी २ सय ५४ नेपालीको इजरायलबाट उद्धार गरेको थियो । उनीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल गएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend