शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

इजरायलबाट नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई आज नेपाल ल्याइँदै

इजरायलबाट नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई आज नेपाल ल्याइँदै

काठमाडौं,असोज २५ गते । इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । प्यालेस्टाइनी अतिबादी समुह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन ।

सरकारले इजरायलबाट फर्किने चाहने नेपालीलाई फिर्ता ल्याउन परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा गएराती २स्३० बजे नेपाल एयरलाइन्सको विमान इजरायलतर्फ पठाएको छ ।

इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गएराति त्यसतर्फ प्रस्थान गरेको थियो, आज इजरायलबाट नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई नेपाल ल्याउँदैछ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरुलाई लिन गएको बिमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend