शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

बागमती किनारमा मृत भेटिए २० वर्षीय युवक

बागमती किनारमा मृत भेटिए २० वर्षीय युवक

फाइल तस्बिर
काठमाडौं असोज २४ गते ।काठमाडौंको बागमती किनारमा एक जना युवक मृत भेटिएका छन्। बुधबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका(३१ बानेश्वर तरकारी बजार अगाडि बागमती किनारमा झाडीमा युवक मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

मृत भेटिएका युवक काठमाडौंको बालाजु गोलढुंगा घर भई शंखमुलमा बस्ने २० वर्षीय विकास महरा रहेको ढुंगेलले जानकारी दिए। उनको शव घोप्टो परेको अवस्थामा भेटिएको हो।

ुशव फेला परेकोु भन्ने सूचनापछि प्रहरी वृत्त बानेश्वरबाट प्रहरी अधिकृतको टोली खटिएको थियो। घटनास्थलको मुचुल्का गरी शव पोष्टमर्टमका लागि आज बिहान साढे ८ बजे महाराजगंजस्थित शिक्षण अस्पताल पठाएको छ। मृत्युको कारण पोष्टमर्टमको रिपोर्टबाट खुल्ने प्रहरीले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend