भक्त के सी,
काठमाडौं, असोज २३ गते । नेपालको राजनीति असफल कि सफल ? जनताबाट निर्वाचित सरकारहरू किन असफल भए ? के जनताले गलत पार्टी छनोट गरे ? दोष राजनीतिक सिद्धान्तमा थियो कि प्रयोगमा आए नेपाली नागरिक ? यी सबै पार्टी मध्ये कुनै एउटा गुण भएका नेतृत्व देखाउन सक्नु हुन्छ ? बिधि प्रणाली नियम कानुन नियम र सर्त नियम र नियमन बिना पार्टीका नीति सफल हुन सक्दैन भने नेपालमा नेतृत्व तहमा रहेकाहरुमा यी मध्ये कुनै एउटामात्र गुण छ भने भन्नु रु राजनीति सफल भएको ठाउँमा राज्यव्यवस्था कसरी असफल हुन्छ ? प्रश्न गम्भीरमात्र होइन, जायज पनि छ । के नेपाली नागरिकले आवाज निकाल्छ , प्रतिक्रिया दिनुहोस्, नेपाल सरकारले देशको विकास गर्न विभिन्न प्रयास गरेतापनि नेपालको विकास असफल भएको वा सन्तोषजनक नभएको मानिन्छ।नेपाललाई सक्षम र सफल देश बनाउने आधार यही राजनिति शक्तिमा निहित छ ।नेपाली युवा नेपालको राजनीतिमा असफल छन् , एउटै पात्रलाई पटकपटक मतदान गर्न अनिच्छुक छन् ।उनै चेहरा तेही भाषण , परिवारिक राजनीति नै संस्कार बनेको छ। नियत राम्रो हुनु पर्यो कि परेन ?
गलत शिक्षा राजनीतिको असफल संकेत हो ।असफल अर्थ–राजनीतिक दर्शन,राजनीतिको जञ्जाल असफल,अहिलेकै अवस्थामा नेपालमा वैकल्पिक राजनीतिक धार सफल हो कि ? राजनीति विचारको चक्रव्यूह जस्तै हो । सफल भए सम्मान, र असफल भए अपमान गर्ने छन् नेपाली नागरिकले , जित भए हित र हार भए अस्तित्व समाप्त हुन्छ , राजनीतिक दलका सरकार असफल तर दलविहीन पार्टी सफल हुन् सक्न्ने देखिन्छ। सरकार र संघीयता कति सफल कति असफल रु, राजनीति र कर्मचारीतन्त्र सफल असफल ? ३३ बर्षको अबधिमा यो अबधिमा सरकारले के कति उपलब्धि हासील गर्न सफल भयो, यसबारे समिक्षा गर्न जरुरी छ ।संविधानको बाँकी काम गर्न पनि सरकार सफल हुन नसकेको कांग्रेसको आरोप छ। राप्रपा को आरोप , राप्रपा उपाध्यक्ष प्रधानको आरोप –देश बाहिरबाट परिचालितले पहिचान मेटाउन खोजे भन्छन , अराजकता, उच्छृंखलता, दण्डहीनता, अमर्यादित्लाई र अपराधी बचाउने काम गरिराखेको छ सरकार , सरकारमै बसेका पदाधिकारीले कानुनको उल्लघन गर्ने जस्ता जघन्य अपराध गर्छन भन्ने कसले जान्ने ,
जुन काम जुन कानुको परिधिमा बसेर गर्नुपर्ने हो नगर्नु नगर्नुलाई कसरि लिने ? महँगी बढिरहेको छ, सरकार के गरिरहेको छ ? नागरिक दुखि निरास छन्। सबै जनता, व्यवसायी र सरकार कानुको दायराभित्र बसेर प्रगति उन्नति सोचेमा धेरै दिन लाग्ने छैन विकाससिल राष्ट्र बन्नलाई , योजना प्रमुख , कार्यालय प्रमुख , टेक्नोक्रेटहरू र राजनीतिक नियुक्ति बन्ध गर्नु पर्छ। बुद्धिमानी, डायनामिक छनौट गरे पुग्छ। आवश्यक कानुन व्यवस्थाको वातावरण बनाउन सरकार असफल हुनु पर्ने , सरकारमा बसेर कानून र व्यवस्था चुस्त राख्नु पर्नेमा राष्ट्र अपमानित हुने काम दोहोरिन्छन। नियमन निकायले आफ्ना कर्तव्यको सीमाभित्र बसेर सबैलाई कानुको दायरामा ल्याउन सक्छन् ।किन गर्दैनन्। मूल कानुको पालना राजनीती पार्टी , संघ, सस्थांन , स्थानिय ब्यापारी उधोगपति र नागरिक ले पनि गर्नु पर्छ।
संघीय शासन व्यवस्थाको पहिलो कार्यकालमा स्थानीय तह कति सफल रहे, कति असफल रहे ? कति ठाउमा अहिलेसम्म सरकार नै पूर्ण छैन । सरकार‚ प्रदेश सरकार‚ स्थानीय तह‚ नेपालको सार्वजनिक पदमा बसेर देश चुस्ने‚ लुट्ने काम केन्द्रको देखासिकी जस्तो छ। नागरिक पिडित देखिन्छन गाऊ पालिका देखि महानगर पालिका का वार्ड वार्डमा गएर बुज्दा हुन्छ। सरकार रोजगारदाता बन्न सकेको छैन , लोकसेवा खुल्दैन , बिर हस्पिटल जस्तो सस्थाले कर्मचारी बिना सूचना निस्कासन गर्छ।
बैंकिङ क्षेत्रमा तेही हाल छ भने अन्यको कुरै के भन्नु , यसको श्रेय सरकारलाई नै जान्छ , अर्थ तन्त्र धरासायी छ। सुशासनको जग खल्बल्याउने, गणतन्त्रलाई बदनाम गर्ने र लोकतन्त्रलाई नै धरासायी पार्ने काम सरकारी ब्यक्ति बिसेसले गरेको पाइन्छ। अर्थ तन्त्र धरासायी बनाए , धरासायी बनाउने राष्ट्रघाती नियत भन्न सकिन्छ।
नेपालमा कृषिकर्म धरासायी बन्दै गैरहेको छ, ध्यान नदिए देशकै अर्थ तन्त्र नै धरासायी हुने र खर्बौ रूपैयाू उद्योगीहरूलाई घाटा हुने देखिन्छ। देश बन्दाबन्दीमा छ, व्यपार ब्यबसाय बन्ध हुन् थाले अर्थतन्त्र धरासायी छ, यस्तो संकटमा पनि भ्रस्टाचारका समाचार आउन छोडेका छैनन्। देश चलाउने लाइ कैले चेत आउने हो रु लोकतान्त्रिक मुलुकमा अस्तव्यस्त तन्त्र, राजनैतिक दलका कठमूल्लाहरु, अनि नीरिह जनताहरु को मेल खादैन अब स नेपालीको लाइफ स्टाइल · विचार · विज्ञान नेपालीको जस्तो हुनु आबस्यक छ। दुःखी, गरिब, किसान विपन्न, विकासहीन जनसमुदायले राहत पाउनु पर्यो। बिलासिता जीवनशैलीका कारण आज कैयौको जीवन धरासायी बन्दै गैरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend