शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

पशुपति बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

पशुपति बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ, असोज २० गते । तिलोत्तमा नगरपालिका अवस्थित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । ‘सहकारीको चाहाना विश्व समृद्धिको कामना’ भन्ने नाराका साथ बि। स। २०५७ सालमा स्थापना भएको संस्थाले शनिवार २४औँ साधारण सभा गरेको हो ।

सो कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी संस्थाहरू एक जुट हुँदै टुरिस्ट सहकारी र स्थानीय सहकारी बिचको बुझाइलाई जनमानसमा चिर्न एकजुट हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नं १५ का वडाध्यक्ष तथा प्रमुख अतिथि खेम प्रसाद गुरुङले राज्यको ढुकुटी जोगाउनको लागि सहकारीले अहम् भूमिका निभाएको बताउँदै स्थानीय स्तरका सहकारीमा बचत गर्नुपर्ने बताए ।

बचतकर्ता तथा ऋणीहरूले बचत, व्याज र किस्ता समयमै तिर्ने दायित्व सम्झेमा सहकारीहरू सञ्चालनमा समस्या नहुने गुरुङले बताए । संस्थाका अध्यक्ष डोलराज बस्यालले पशुपति सहकारी अब्बल रहेको बताउँदै लगानीकर्ता तथा शेयर सदस्यको बचत सुरक्षित रहेको बताए ।

कार्यक्रम संयोजक रालमणि भुसालले सहकारीको वार्षिक कार्य तालिका अनुसार सामाजिक उत्तरदायित्वका काम गर्दै आएको बताए ।

पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०७९र८० सम्म संस्थाको शेयर पुँजी २६ करोड ४ लाख ७७ हजार , ५९ लाख ५५ हजार २ सय ६४ रुपैयाँ जगेडा कोष , बचत सङ्कलन २० करोड २९ लाख ४६ हजार ८ सय ११, कर्जा जोखिम कोष ३२ लाख ९४ हजार २ सय ९० र अन्य कोष ६४ लाख ८५ हजार ४ सय ३४ रहेको छ ।

साधारण सभाको अवसरमा ज्येष्ठ नागरिक सम्मान, कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याउने शेयर सदस्यका छोराछोरी सम्मान र असल ऋणीलाई सम्मान गर्नुको साथै चिट्ठा कार्यक्रम पनि गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend