तस्बिर : प्रधानमन्त्री सचिवालय
काठमाडौँ असोज १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। प्रचण्डले बिहीबार बिहान वीर अस्पतालमा पुगेर उपचाररत आचार्यलाई भेटेका हुन्।
पार्टीको रुपान्तरण अभियानका लागि सुदूरपश्चिम पुगेका आचार्य अस्वस्थ भएपश्चात हिजो हेलिकप्टरबाट काठमाडौं ल्याएको थियो। चिकित्सकहरुले आचार्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रचण्डलाई जानकारी गराएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend