शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

२५ हजार घुससहित असिस्टेन्ट सब–इञ्जिनियर पन्त पक्राउ

२५ हजार घुससहित असिस्टेन्ट सब–इञ्जिनियर पन्त पक्राउ

काठमाडौँ,असोज १५ गते । चन्द्रागिरि नगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना असिस्टेन्ट सब–इञ्जिनियरलाई घुससहित पक्राउ गरेको छ। अख्तियारको टोलीले चन्द्रागिरि नगरपालिका–१४ को वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब–इञ्जिनियर लक्ष्मी पन्तलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई चन्द्रागिरि–११ सतुंगलबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार घर निर्माण भएको प्रमाणपत्र उपलब्ध गराएबापत उनले उक्त रकम घुस लिएकी थिइन्। घुस लिइसकेपछि उनलाई एउटा खाजा पसलबाट नियन्त्रणमा लिइएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend