काठमाडौं,असोज १५ गते। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । चीन भ्रमणको ब्रिफिङ, विशेष रूपान्तरण अभियान, विद्यालय शिक्षा विधेयक लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको पदाधिकारीका एक सदस्यले जानकारी दिए ।
बैठक मंगलबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । ती नेताका अनुसार बैठकमा सबै प्रदेश इन्चार्जले एक महिनाको समीक्षा रिपोर्ट प्रस्तुत गर्ने सम्भावना रहेको छ ।
‘
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend