काठमाडौं असोज ८ गते । नेपाल चिकित्सक संघले आयोजना गर्दै आएको राष्ट्रिय स्वास्थ्य सम्मेलनको तेस्रो संस्करण यहीँ असोज १२ र १३ हुने भएको छ । ‘थर्ड एनएमए नेशनल हेल्थ समिट –२०२३’ नाम दिइएको यो दुई दिने सम्मेलन काठमाडौंको बबरमहलस्थित कार्की ब्याङक्वेटमा हुने नेपाल चिकित्सक संघले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवाको प्रर्वद्धन अवसर र चुनौती भन्ने मुख्य नाराका साथ शुरू हुन लागेको यो सम्मेलनमा अरू ६ वटा छुट्टाछुट्टै विषयवस्तु तय गरिएको सम्मेलनका अध्यक्ष तथा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष प्राड चोपलाल भुषालले जानकारी गराए ।
प्राडा भुसालले सम्मेलनले स्वास्थ्यका विविध विषयमा छलफल मात्र नभएर त्यसको समाधानको पाटोको विकल्पहरूसहित निचोड निकाल्ने बताए । नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिलविक्रम कार्कीले एनएमए तेस्रो नेशनल हेल्थ समिटमा स्वास्थ्यका विभिन्न ६ विषयमा विज्ञहरुमार्फत गहन छलफल हुने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend