भक्त के सी,
काठमाडौं,असोज ५ गते । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, र शिक्षक कर्मचारि संगठन बिच भएको सम्झौता बिपरित सरकारले शिक्षा सम्बन्धि बिधेयक २०८० संसदमा दर्ता गरेको भन्दै शैक्षिक हड्ताल , शिक्षक हडताल, आन्दोलनरत शिक्षकले विद्यालय तहको पठनपाठन मात्र होइन परीक्षा नै ठप्प पार्ने गरी शैक्षिक हडतालको घोषणा गरेका छन्। हडताल र आन्दोलनले शिक्षा क्षेत्र आक्रान्त बनेको छ। साथै यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरूलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो ।बर्षौ देखि लागेको बानि हो कस्ले मान्ने ?, चलन भा छ कि शिक्षक, विद्यार्थी सङ्गठनले पनि बेला बेलामा आफ्ना मागमा विद्यालय बन्द गराएका गर्ने गराउने ।सरकारको राहत कार्यक्रम अन्तर्गत , सरकारले राहत शिक्षकको उचित व्यवस्थापन गर्न बेवास्ता गरेको भन्दै नेपाल राहत शिक्षक समितिले गरेको शैक्षिक हड्तालका कारण राजधानी लगायत ७७ जिल्लामा असर परेको छ। दलका सारथि शिक्षक सङ्गठन शिक्षकले उठाएका मागमा सहमत भए पनि शिक्षा क्षेत्रमा हुने हडताल/आन्दोलनप्रति मोह रही नै रहने देखिन्छ। शिक्षक लाई राजनीति गराउनुको प्रतिफल हो यो। त्यस्तै अस्थायी शिक्षकको पदपूर्ति नगरिएको भन्दै अस्थायी शिक्षक सङ्घर्ष समितिले देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले महानगरभित्रका विद्यालयमा हडताल गर्ने शिक्षक र कर्मचारीलाई पदबाट निस्कासन समेत गर्ने चेतावनी दिएका छन्। शिक्षक कर्मचारिका संघ संगठनहरुले असोज ३ गते देखि देशव्यापी शैक्षिक हडताल र काठमाण्डौं केन्द्रित सडक संघर्षको कार्यक्रम तय गरेका छन ।
शिक्षकको मुख्य काम शिक्षा प्रदान गर्नु हो। उसलाई त्यस्तो विषय पढाउनुपर्छ जसमा उसको विशेष विशेषज्ञता छ । विषय अध्ययन गर्ने, नयाँ शिक्षण विधिहरू पत्ता लगाउने, शिक्षण सामग्री सङ्कलन गर्ने, गृहकार्यको योजना बनाउने र बालबालिकालाई सिक्न उत्प्रेरित गर्ने जिम्मेवारी उहाँकै हो।शिक्षकले ज्ञानको स्रोतको रूपमा मात्र काम गर्दैन, तिनीहरूले रोल मोडेल, सल्लाहकार, हेरचाहकर्ता र सल्लाहकारको रूपमा पनि काम गर्छन्। शिक्षकहरूले सक्रिय र बौद्धिक रूपमा उनीहरूको विद्यार्थीको जीवनमा ऋषि प्रभाव पार्न सक्छन्।
विद्यार्थी र मजदुर दैनिक विदेश जाने गरेका छन् , विदेश जानका लागि त्रिभुवन विमानस्थल खचाखच भरिएको छ।
दैनिक ४५०० भन्दा बढी युवाहरु नेपालबाट बाहिरिने गरेका छन् । उनीहरु खाडी राष्ट्र, मलेसिया, कोरिया वा भारतमा केही वर्षको रोजगारीको सम्झौतामा जान्छन्। तिनीहरू दृढ छन् र उच्च अपेक्षाहरू लिएका छन् – तर तिनीहरूमध्ये थोरैलाई थाहा छ कि विदेशमा तिनीहरूको लागि भण्डार छैन , धेरै मिहिनेत गर्नु पर्छ संघर्षको सामना गर्नु पर्छ। के गर्ने स्वदेशमा अवसर छैन। सरकार तस्करी -भ्रष्टाचारको जालमा फसेको छ। शिक्षकको भूमिका विद्यार्थीहरूलाई प्रेरणा, उत्प्रेरित, प्रोत्साहन र शिक्षा दिनु हो। स्वयं खडा हुन् स्वाबलम्बी वन्न सिकाउनु हो , शिक्षकको भूमिका सँधै सहजकर्ताको हुन्छ र तानाशाहको होइन, शिक्षकको भूमिका भनेको विद्यार्थीलाई ज्ञान प्राप्त गर्न र पुनर्गठन गर्न सहयोग गर्नु हो – कैले भएँन। डाटा अनुसार आर्थिक वर्ष २०२१-२२ मा ५१ करोड ५० लाख अमेरिकी डलर (एनपीआर ६८ अर्ब) देशबाट बाहिर गयो ।” 2022 मा 125,000 भन्दा बढी नेपाली विद्यार्थीहरू विदेश गए, जसमध्ये अधिकांशले अष्ट्रेलिया, जापान, भारत र संयुक्त राज्यमा अध्ययन गर्न रोजेका थिए।अष्ट्रेलिया सरकारको शिक्षा सीप तथा रोजगार विभागले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार अष्ट्रेलियामा चीन र भारतपछि उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको तेस्रो नम्बरमा रहेको छ ।
नेपाल श्रम विभागले जनाएको छ, वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा श्रम स्वीकृतिका लागि प्रोत्साहन गरेको छ। श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिएका छन ।
श्रम स्वीकृति लिएर जाने दैनिक ३००० को हारा हारी छन् , गत वर्ष वैदेशिक रोजगारीमा जान ६ लाख ३५ हजारले श्रम स्वीकृति लिएको बुजिंछ , हाल आएर मैनामै एकलाख नेपाली बहिरेको अनुमान छ। कामको खोजीमा विदेशिनेको संख्या वार्षिक १२ लाखको हाराहारीमा पुग्दा श्रम स्वीकृति लिएर जाने कामदारको संख्या करिब आधा मात्र छ।नेपाल सरकाले नागरिक को लागि बिकल्प सोच्नु पर्ने होइन ?
अर्को तर्फ ; नेपालमा ५० हजार हाराहारी विदेशीले अवैधानिक रुपमा काम गरिरहे छन , १० हजार तीन सयले मात्र श्रम स्वीकृति लिएको विभागले जनाएको छ। वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी एसियाली मुलुक, युरोपेली मुलिक जानेहरु फसेको पाईएको छ।
व्यावसायिक रूपमा शिक्षित ब्यक्ति समेत फसेको देख्दा ताजुब लाग्छ। युवाहरूको एउटा जमात मुलुकमा अवसर, गुणस्तरीय शिक्षा, कामको सम्मान भैदिए परिवारसँगको भावनात्मक सम्बन्ध तोडेर विदेशमा जानु पर्ने थिएँन , सबै नेपाली नेपालमा नै बसेर पढ्छन् भन्ने छैन । विकसित देशमा नागरिक पनि उच्च शिक्षाको लागि विदेश जान्छन् , तर हाम्रा नेपाली उच्च शिक्षा लिएर गृह देश प्रबेस छैन , ब्रेन ड्रेन भई रहेको छ। सरकारलाई मतलब छैन। विदेशमा अध्ययन गर्ने अन्तिम कारणहरू मध्ये एक जीवन अनुभव प्राप्त गर्नु हो। आफ्नो जीवनलाई कसरी व्यवस्थित गर्ने सिक्ने हो। विदेशमा अध्ययन गर्नाले विश्वका धेरै कुराहरू हेर्नको लागि एक अद्वितीय अवसर प्रदान गर्दछ। यो आफैमा एक डिग्री प्राप्त गर्न को लागी एक धेरै इनामदायी अनुभव हो। संसारको अधिक अनुभव प्राप्त गर्नाले चरित्र र विश्वदृष्टिकोणलाई आकार दिनेछ, र थप विश्वव्यापी समाजको लागि तयार भइने छ।
आर्थिक प्रभाव: विदेश जाने युवाहरूले प्रायः नेपालमा रहेका आफ्ना परिवारलाई कमाएर पैसा फिर्ता पठाउँछन्। यसले उनीहरूको परिवारलाई आर्थिक सहयोग गर्न सक्ने भए पनि यसको अर्थ नेपालले सम्भावित खर्च गर्ने शक्ति र देशको विकासमा प्रयोग गर्न सकिने लगानी गुमाउँदैछ भन्ने पनि हो। युवाहरु विदेश जाने क्रम घट्ने होइन, दिनप्रतिदिन बढ्दै गएको छ । नेपाली जनताले दासत्वको जीवन जिउनुपर्नेमा कुनै शंका छैन ,नेपाली युवा श्रमिक वा विद्यार्थी भिसामा देश छाडिरहेका छन्, तर तीमध्ये धेरै फर्कने छैनन्।ब्रेन ड्रेनले गर्दा देशको लागि कुनै दिशा छैन, उच्च दक्ष र अर्ध दक्ष्य उच्च प्रतिभाशाली युवाहरूको देशबाट ठूलो मात्रामा पलायनलाई जनाउँछ; विदेश जाने विद्यार्थीहरू, साथै मानिसहरू उच्च शिक्षा हासिल गरि सकेर देशमै कार्यरत समेत थिए। देशको राजनीतिक अस्थिरताको अवस्था, भ्रष्टाचार, अराजकत्ता , अनुशासनहीनता , बेबीचारी , आर्थिक मन्दी, असामाजिक नेताहरुले गर्दा र कानून न्याय को अबस्था कम्जोर , कानूनमा संशोधन गर्नु पर्ने अबस्था रहेको छ ।कानून ब्यबसायको अबस्था कति कम्जोरछ।पीडीत न्याय पहुचबाट बन्चित गरिएको छ जुन कानूनी राज्यको सब भन्दा कम्जोर पाटो हो र चुलिँदै गएको आर्थिक मन्दीको कारण जीवन धान्न गर्यो भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend