सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बृद्धा अबस्था र भबिश्य

बृद्धा अबस्था र भबिश्य

भक्त के सी,
बृद्धा अबस्था र भबिस्य , अबको २० बर्ष पछि नेपाल पनि बृदाहरुको देश हुने छ। युवाविनाको देश, अर्थबिना को जिन्दगि कस्तो होला ,आर्थिक संकट संग जीवन, खाना छैन लत्ता कपडा अभाब मानिसहरू जो पैसा बिना दैनिक आवश्यकताहरूको परिपूर्ति गर्न सक्दैन। यसमा खाना, आपूर्ति, लत्ता कपडा , यातायातका साधनहरू औषधि उपचार र अन्य धेरै कुराहरू जीवन संग जोडिन्छ र दैनिक समावेश हुन्छन। आश्रय, खाना, स्वास्थ्य सेवा बिलहरू, जीवनलाई सम्भव बनाउने सबै चीजहरू तिर्न मानिसहरूलाई पैसा चाहिन्छ।बिल गेट्स जस्तो हुनु आवश्यक छैन , तर मानिसलाई मर्ने दिन सम्मका लागि केही पैसा चाहिन्छ।गरिब, निर्दोष, गरिब, दरिद्र भन्नाले पैसा नभएकाहरूलाई बुझाउँछ। जसले जीवनको सुखसुविधा प्राप्त गर्ने साधनको अभावको अवस्थालाई झेलिराहा हुन्छन । पैसा हुदा ब्यक्ति सुरक्षित महसुस गर्छन भने , पैसा नहुदा असुरक्षित महसुस गर्छन। बृदाले आफ्नो उर्जा कायम राख्न सुखीरहन , खुशीरहन स्वस्थरहन , अधिक उत्पादनशील जीवन बिताउन यी सात सुझावहरू पालना गर्नु पर्छ।
पौष्टिक खाना खाने, प्रति रात सात देखि आठ घण्टा सुत्नुहोस्, राम्रो मान्छे संग संगत राख्नुहोस्, समाचार जानकारीमुलक जीवन बिताउने ,नियमित व्यायाम गर्ने ,हरेक दिन अर्थपूर्ण केहि न केहि गर्ने।
पैसाले शान्त र नियन्त्रण प्रदान गर्न सक्छ,अप्रत्याशित अस्पतालको बिल ह्यान्डल गर्ने जस्तो ठूलो चिन्ता, भई रहन्छ। पैसा एउटा अति आवश्यक साधन हो।
त्यसकारण पैसाको माया गर्ने गर्छन। पैसा हुदा स्वतन्त्रता र स्वायत्तता सुनिश्चित गर्दछ।सुरक्षित महसुस गर्दछ। पैसाले वास्तवमा खुशी किन्न त् सक्दैन, तर आफ्नो हातमै पैसा छैन भने आकास को फल आखा तरी मर भने जस्तो हुन्छ। हाम्रो आनन्द भौतिक सम्पत्तिहरूमा कम र उद्देश्य र जीवनको अर्थमा बढी निर्भर हुन्छ।जब हाम्रो जीवन सकारात्मक भावनाहरू, उत्कृष्ट सम्बन्धहरू, अभ्यास गर्ने शक्ति, र उद्देश्यको भावनाले समृद्ध हुन्छ। भरिपूर्ण भएको महसूस हुन्छ। लक्ष्यहरू सेट गर्न साकिन्छ ,महत्त्वपूर्ण कुराहरूमा ध्यान दिन सकिन्छ। सुरक्षा, उद्देश्य, पूर्ति, खुशी, आदि।
आश्रय, खाना, स्वास्थ्य सेवा बिल, र राम्रो शिक्षा सबै चीजहरूको बिल तिर्न मानिसहरूलाई पैसा चाहिन्छ। मर्ने दिन सम्म केही पैसा चाहिन्छ। वृद्धावस्थालाई प्रायः टण् वा टछ वर्ष वा माथिको उमेरको रूपमा परिभाषित गरिएको छ। बुढेसकालको दिन कस्टकर मानिन्छ र छ। घरको वृद्ध सदस्य लौरो जस्तो हो काम पर्दा प्रयोग गर्ने नपर्दा कुनामा राखिदिने। वृद्धहरूको शारीरिक आवश्यकताहरू एक हेरचाह गर्ने ब्यक्ति चाहिंन सक्छ , दैनिक स्वच्छता , सरसफाई कार्यहरूमा मद्दत गर्ने , उपयुक्त शारीरिक गतिविधिमा मद्दत गर्ने , औषधि उपचार , र वृद्ध व्यक्तिले पर्याप्त निन्द्रा पुग्ने सुत्ने ओछ्यानको खाचो हुन्छ। धेरै वृद्ध व्यक्तिहरूले हरेक दिन आफ्नो जीवनमा असुविधाको सामना गर्छन्, प्रमुख चुनौतीहरू बिरामी स्वास्थ्य, दैनिक जीवनका आधारभूत कुराहरूमा सहयोगको अभाव, गरिबी, गरीब आवास, एक्लोपन र एक्लोपन समावेश छन्।पोषण आवश्यकता, औषधि व्यवस्थापन, नपुगेको पाइन्छ। व्यापकरुपमा दैनिक हेरचाह गर्न पर्ने हुन् सक्छ। वृद्ध मानिसहरूलाई आवश्यक हेरचाह को आवश्यक हुन्छ। ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकका लागि नेपाल सरकारले सार्वजनिक अस्पताल र स्वास्थ्य संस्थाहरू मार्फत निस्शुल्क स्वास्थ्य परीक्षण र क्यान्सर, मुटु रोग, पाठेघर खस्ने र मिर्गौला रोग जस्ता गम्भीर स्वास्थ्य अवस्थाहरूमा उपचार अनुदान उपलब्ध गराउँछ।नेपालजस्ता विकासोन्मुख देशहरूमा गरिबी, शिक्षा, स्वास्थ्य सेवा र यातायातको अभावले ज्येष्ठ नागरिकका लागि ठूलो चुनौती खडा गरेको छ। नेपालमा गरिबी लामो समयदेखि एउटा मुद्दा बनेको छ, विशेषगरी ग्रामीण क्षेत्रमा, जहाँ गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच छैन।एक वृद्ध व्यक्तिको घर, वृद्ध मानिसहरूको घर, वा वृद्धाश्रम भनिन्छ, यद्यपि वृद्ध व्यक्तिको घरले नर्सिङ केयर सर्विस को अलगै ब्यबस्था को खाचो पर्छ। अनुमान गर्न सकिन्छ कि दैनिकि कसरि काट्छ होला बृदको जीवन, हाम्रो समाजमा वृद्धवृद्धाहरूका लागि सबैभन्दा ठूलो चुनौती, परिवार नै देखिन्छ अधिकाम्स युवा पलायन अनि अशिक्षित वा आधुनिक परिवार, ले बृदा आमा ( बा लाइ वृद्धाश्रम भर्ना गरिदिन्छन। अनि सकियो , कमजोर गतिशीलता, बढ्दो बच्चाहरू, स्वास्थ्य समस्याहरू, सामाजिक र कामकाजी जीवनबाट फूर्सत हुदैन। अनि वृद्धहरूलाई असर गर्दछ। उनीहरूको शारीरिक, मानसिक र भावनात्मक रुपी ठुलो धक्का पार्छ। यही आवश्यकतालाई ध्यानमा राख्दै निजी क्षेत्रले नेपालमा पनि धेरै केयर होमहरू सञ्चालनमा ल्याएको छ र यो निरन्तर बढिरहेको छ ।बुढेसकालमा हुने सामान्य अवस्थाहरूमा श्रवणशक्ति घट्ने, मोतिबिन्दु र अपवर्तक त्रुटिहरू, ढाड र घाँटीको दुखाइ, आर्थोपेडिक, न्यूरोलोजिक,मधुमेह, डिप्रेसन र डिमेन्सिया छाला समस्याहरु
ग्यास्ट्रोइंटेस्टाइनल बिरामी र जेरियाट्रिक्सका लागि वृद्ध हेरचाह, फिजियोथेरापी र पुनर्वास जस्ता सेवाहरू अति आवश्यक छ। एलर्जी,चिसो र फ्लू, पखाला,टाउको दुखाइ,मोनोन्यूक्लियोसिस,पेट दुख्ने शारीरिक रोगहरु, मानसिक रोगहरु, संक्रामक रोगहरु, गैर संक्रामक रोगहरु, बैरो पन रोगहरु, वंशाणुगत रोगहरु, क्षय रोगहरु, सामाजिक रोगहरु, स्व(संक्रमित रोगहरुले सताउने गर्छ। जेरियाट्रिक स्टाफ नर्सहरू वृद्ध वयस्कहरूको हेरचाहमा ध्यान केन्द्रित गर्छन् र तिनीहरूको अक्सर जटिल शारीरिक र मानसिक स्वास्थ्य आवश्यकताहरू बुझ्न र उपचार गर्न शिक्षित हुन्छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend