शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

रूपन्देहीमा दुई समूहबीच झडप हुँदा एकजनाको ज्यान गयो

रूपन्देहीमा दुई समूहबीच झडप हुँदा एकजनाको ज्यान गयो

फाईल तस्विर
काठमाडौं, असोज २ गते । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका–९ केउलानीमा गएराति दुई समूहबीच झडप हुँदा हेटौँडा घर भई रूपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको ज्यान गएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते स्याङताङको अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार एक होटलमा बसी मदिरा सेवन गरिरहेका उनीहरूबीचमा सामान्य विवाद बढ्दै जाँदा झडप भएको थियो । झडपका क्रममा घाइते भएका तीन जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते हुनेमा काठमाडौँ महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार विभिन्न जिल्लाबाट रूपन्देहीमा आएर मजदुरी गर्दै आएका समूहबीच झडप भएको हो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend