खबरब्रेकिंग, काठमाडौँभाद्र २३ गते । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्र सरकार बन्न नसक्ने भन्दै उनले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन । शनिबार चितवनमा आयोजित पार्टीको जिल्ला भेलामा उनले यस्तो धारणा व्यक्त गरेका हुन ।
नेता कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हाबी भएको र नेता–कार्यकताले यसलाई अन्त्य गर्न जरुरी रहेको बताए । उनले पार्टीविरुद्धको भ्रम चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने बताए ।
नेता कोइरालाले अहिले कांग्रेस सरकारमा हुँदा पनि कुनै काम गर्न नसकेको उल्लेख गरे । कांग्रेसविरुद्ध पनि विभिन्न भ्रम छर्ने प्रयास भइरहेको उनले बताए । यसलाई चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्नेमा उनले जोड दिए । अहिले देशमा फैलिएको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अराजकता नियन्त्रण गर्न पनि कांग्रेसको सरकार आवश्यक रहेको उनको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend