शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

यादवमाथि भएको आक्रमणको निन्दा गर्दै कांग्रेस बाग्मती प्रदेशले निकाल्यो यस्तो विज्ञप्ती

यादवमाथि भएको आक्रमणको निन्दा गर्दै कांग्रेस बाग्मती प्रदेशले निकाल्यो यस्तो विज्ञप्ती

खबरब्रेकिंग,काठमाडौं,भदौ २१ गते । नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणको निन्दा गरेका छन् ।

विज्ञप्तीमार्फत उनले नेता यादवमाथि आक्रमण हुनुले राज्यको सुरक्षा माथिनै प्रश्नचिन्ह खडा भएको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् । “नेपाली कांग्रेस र समग्र लोकतन्त्रलाई कमजोर बनाउन गरिएको अपराधिक क्रियाकलापको बाग्मती प्रदेश कार्यसमिति निन्दा गर्दछ ।” सभापति बानियाँद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नेता बानियाँले सहमहामन्त्री यादवमाथि आक्रमणमा संलग्न र निजसँग सम्बन्धित अपराधिक समुहलाई यथाशिघ्र कानुनी दायरामा ल्याई कडाभन्दा कडा सजाय दिलाउन माग गरेका छन् । टाउकोमा गम्भिर चोट लागेका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनले यादवको शिघ्र स्वास्थ्यलाभ कामना गर्दै उचित उपचारको प्रबन्ध गर्न पनि आग्रह गरेका छन् नेता यादवमाथि धारिलो हतियार प्रयोग गरी साङ्घातिक आक्रमण भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend