खबरब्रेकिंग,काठमाडौं, भदौ १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि सरकार जिम्मेवारपूर्ण ढंगले अभिभावकत्व प्रदान गर्ने बताएका छन । मंगलवार काठमाडौँमा आयोजित पूर्वगोर्खा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले अन्तर्राष्ट्रिय मञ्चमा जाँदा सम्बन्धित पक्ष र देशसँग गोर्खा सैनिकको मुद्दाका बारेमा गम्भीर रूपमा प्रश्न उठाउने गरेको जिकिर गरे । नेपाल—भारत—बेलायतबीच भएको त्रिपक्षीय सन्धिमा गोर्खाहरूमाथि २०८ वर्षदेखि समान व्यवहार नभएको कुरालाई समान कामको समान ज्याला दिलाउन काम गरिरहेको बताए । उनले गोर्खा सैनिकलाई बेलायत सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताए । प्रधानमन्त्री दाहालले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, विस्तार र सेवामा समर्पित गोर्खालीहरूलाई सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताएका हुन् ।
उनले यो विषय सबै नेपालीहरूको लागि गम्भीर सरोकार र चुनौतीको विषय बनिरहेको उल्लेख गरे । उनले गोर्खालीहरूले ब्रिटिस राज्यको हितको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे पनि ब्रिटिस सेनामा भर्ती भएका नेपालीहरूलाई तलब, सेवा सुविधा, पेन्सन लगायतका विषयमा समान व्यवहार हुन नसकेकोले सरकारले अहिले भारत र बेलायतसँग यस बारेमा आवश्यक छलफल गर्ने काम गरिरहेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend