शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

बागमती कांग्रेसको सचेतकबाट कुन्दनराज काफ्लेले दिए राजीनामा

बागमती कांग्रेसको सचेतकबाट कुन्दनराज काफ्लेले दिए राजीनामा

खबरब्रेकिंग,काठमाडौं, भदौ १९ गते । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतक पदबाट बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् । मंगलबार बिहान संसदीय दलका नेता बहादुर सिं लामालाई उनले राजीनामा पत्र बुझाएका हुन् । नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद काफ्लेले सचेतक पदबाट राजीनामा दिएसँगै सामाजिक सञ्जालबाट सो विषय सार्वजनिक समेत गरेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको सेवामा समय दिन नपाएको महसुस भएकाले सचेतक पदबाट राजीनामा दिएको बताए । पदबाट राजीनामा दिएका काफ्लेले आफ्नो सम्पूर्ण समय पार्टी सङ्गठनलाई चलायमान र गतिशील बनाउन तथा दोलखाका नागरिकहरूको सेवामा व्यतीत गर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend