शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

बसले तीनवटा सवारी साधनलाई ठक्कर दिँदा पेप्सीकोलामा एक जनाको मृत्यु

बसले तीनवटा सवारी साधनलाई ठक्कर दिँदा पेप्सीकोलामा एक जनाको मृत्यु

खबरब्रेकिंग, काठमाडौं भदौ १७ गते । काठमाडौंको पेप्सीकोलामा बसले तीनवटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । कोटेश्वर प्रहरीका अनुसार आज बिहान ७ः४५ बजे पेप्सीकोला–काँडाघारी सडकखण्डमा बा २ ज ४८४८ नम्बरको बसले अन्य तीनवटा बसलाई ठक्कर दिएको थियो ।

अनियन्त्रित रहेको बसले तीनवटा सवारी साधनलाई ठक्कर दिएको थियो । घाइतेहरुलाई घटनास्थल नजिकको मदरल्याण्ड अस्पताल लगिएको छ भने अन्य घाइतेहरुलाई मीनभवनस्थित सिभिल अस्पतालमा पठाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend