खबरब्रेकिंग,काठमाडौं भदौ १६ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै अरु मुलुकबाट कसरी धेरै फाइदा लिने भन्नेबारेमा गम्भीरतासाथ सोच्नुपर्ने बताएका छन । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताए । उनले एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेको र बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनताको हितमा प्रयोग गर्न आग्रह गरे ।
‘एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेका छन्, बीआरआईको बारेमा त्यस हिसाबको चर्चा नचले पनि हामीले बीआरआई प्रोग्रामलाई राष्ट्र र जनतको हितमा कसरी प्रयोग गर्ने यो एउटा सोच्नुपर्ने बेला आएको छ,’ उनले भने । भौगोलिक विकटाका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने उनको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend