सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गयो, थप विवरण आउन बाँकी

पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गयो, थप विवरण आउन बाँकी

तस्बिर सामाजिक सञ्जाल

खबरब्रेकिंग,काठमाडौं, भदौ १३ गते । पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गएको छ । अरु ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेमा पहिरोमा पुरिएको हो ।

जीपमा रहेका दुई पुरुष र एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। दुर्घटनामा घाइते भएका एक बालकसहित ८ जनालाई उपचारका लागि तानसेन पठाएको छ । जीपलाई जोर्तेमा ढुङगासहितको पहिरोले पुरेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend