शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रधानमन्त्रीजी नयाँ ढंगले सामना गर्न तयार हुनुहोला भन्दै संसदमा गर्जिए गगन थापा

प्रधानमन्त्रीजी नयाँ ढंगले सामना गर्न तयार हुनुहोला भन्दै संसदमा गर्जिए गगन थापा

खबरब्रेकिंग, काठमाडौं भाद्र १२ गते । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ ढंगले सामना गर्न तयार रहन आग्रह गरेका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सांसदलाई जे गरे पनि हुन्छ भन्ने हिसाबबाट व्यवहार हुने गरिएकोमा असन्तुष्टि जनाए।

‘संसदलाई जुन ढंगले व्यवहार गरिएको छ, जे गरे पनि हुन्छ भन्ने ठानिएको छ, सम्माननीय प्रधानमन्त्रीजी अब नयाँ ढंगले यी कुराहरू सामना गर्न तयार हुनुहोला, धन्यवाद,’ थापाले भने।

प्रधानमन्त्रीले मसँग बहुमत छ, सांसदहरू थपडी बजाउन आएका हुन् भनेर सोच्न नहुने उनले बताए। ‘हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन,’ उनले भने। उनले विधेयकहरूबारे अब समितिमै छलफल गरिने पनि बताए। मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी सरकारले विधेयक ल्याएकोमा थापाले विरोध गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend