सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अब नेपालमा छाडा शासन होइन, कडा शासन आबश्यक

अब नेपालमा छाडा शासन होइन, कडा शासन आबश्यक

बिष्णु प्रसाद शर्मा,
महाभारत कथाका सबै भन्दा बदमास पात्र दुश्शासन देखिएका छन । र धृष्टराष्ट्र अन्धा भएता पनि उनी भतिजाहरु प्रति कठोर बन्न उनकै छोरा दुर्योधनको कारण थियो, पुत्र मोह समय परिस्थिती बदलिइ रहन्छ । त्यो बदलिएको परिस्थिती संग बदलिदै जान सक्नु मानवको उच्चतम कर्म तथा भूमिका हो । ४७ को संविधान जुन बेला उत्कृष्ट भनिन्थ्यो त्यो समयमा तत्कालिन राजा श्री ५ बीरेन्द्र बीरबिक्रम शाहको चौतर्फि प्रभाव रहेको थियो र दल , जनता बाह्य शक्तिले राजा बीरेन्द्रलाई नेपाल नरेशका रुपमा ग्रहण गरेका थिए । जव इण्डियन रवैयाले नेपालमा आतंककारी जत्थाको उत्पादन गर्यो र नेपालको धर्म, संस्कृति , संस्कार र बिदेशी गलत शक्तिहरुले फराकिलो आकारवाट खेल्ने मौका पायो । ४७ सालको संविधानकै आडमा रहेर योजनाबद्ध तवरले राजसंस्था सिध्याउन पनि आन्तरिक र बिदेशी बैरी फिरंगी परचक्रीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरे । नेपालको सेना कमजोर अबस्थामा पुग्यो यो पनि बैरीकै योजनागत रुपले भएको थियो । नेपालको सबै किसिमको सामरिक अबस्थालाई ध्वस्त गराउने काम भए पछि योजना सफलताको मातले बैरीहरु नाच्न थाले नेपाली जनताले देखेनन् हेरेनन् आफनो अबस्था, आस्था गम्भिर भयो भनेर सचेत हुनुको बदलामा पुर्खाले रचेको चौतारी नै मास्न र नास्न पछि परेनन् । हिन्दु धर्म मासियो , राजसंस्था मासियो र हिन्दु अधिराज्यको तेजोबत् गराइएको आभाषमा नांगो नाच देखाउन थालियो । जसले जे सुकैको बहाना चाहना राखेता पनि नेपाली जनताको नसा नसामा दौडिएको रगत लाई परिवर्तन गराउन कुनै बैरीको आधुनिक बिज्ञानले कामै गरेन । धार्मिक अबस्थालाई बैज्ञानिक पद्धतिमा परिवर्तन गराउन नसकेर बरु चार बेद १८ पुरानको उनीहरु अध्ययन गर्न लागी परेका छन । र त्यस बीचमा के महत्वपूर्ण बस्तु लुकेको छ भनेर पत्तो लगाउन सकिराखेका छैनन् । जुन नेपाली जनताको आस्थाको बिन्दु हो त्यो अत्यन्तै तेजिलो र जनताको मन भित्र नाचिरहेको छ भने बैरी फिरंगी परचक्रीका हलिहरु किचक भन्दा नि निच भएर नाचिरहेको अबस्थामा शैनिक शासनको आबश्यकता छ, प्रजातन्त्रको होइन । नेपालमा सैनिक शासन भन्दा नि कडा शासन आबश्यकता भै सकेको छ भने ४७ को संविधानले छाडा बनाइएकाहरुलाई छाडै छोडदिदा देशको अबस्था कस्तो र जनताका बालबच्चा कस्ता बनाउने ? आजै कल्पना गरौं । बिग्रेको अबस्था, बाह्य शक्तिहरुको दवदवा , नासिको कल्चर र धेरै जात जाती, भाषा भाषीलाई एकताबद्ध देश निर्माणमा लगाउन कम्तीमा दश बर्ष कठोर शासनको ब्यवस्था नै हुनु पर्दछ र त्यो राजसंस्थाले मात्रै गर्न सक्दछ । पछिल्लो परिस्थितीको सामना गर्न नसके पछि बिदेशीका हलि पात्रहरु ४७ को संविधानको माग गर्दै छन, त्यसको अस्तित्व ७२ को वाइवलले समाप्त गराई मपाइत्वको सिरानमा पुगिसकेको छ र देशको पहिचान गुमिसकेको हुदा गौरवमय बीरसता कुल धर्मको बचाउका लागी सबै देश भक्त नेपालीहरु एकै ठाउँमा उभिएर पुर्खाहरुले छोडेका नासो फिर्ता गराउन लोभ, मोह र अहंकारलाई पैतालामुनि थिचेर राखौं । गौरवमय बीरसना कुलधर्म जोगाऔं अभियानमा सरिक बनौं । यसैमा सबै नेपालीहरुको बीरसता रहने छ । अब नेपालमा छाडा शासन होइन, कडा शासन आबश्यक छ । यो नभए सम्म देश बचाउन सकिदैन । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend