भक्त के सी
भुलक्ड को जिन्दकी कस्तो हुन्छ , यति सम्म भुलक्ड भएछु कि Ncell मा data लिएर NTC बाट नेट चलाएछु, म पनि कस्तो भुलक्ड रहेछु ।जिन्दगी को यो भोगाइ मा हजारौं गल्ती छन् लाखौं तनाव छन् कति दुख हरु पनि छन् तर भुलक्ड बानीले साथ दिएको छ। पति भुलक्कड़ स्वभाव के थिए , तेही कारण अकसर श्रीमती संग झगड़ा हुने गर्थ्यो। आजकल खराब जीवनशैलीका कारण हामी बिर्सिँदै गएका छौँ । पहिले यो साना कुराहरूबाट सुरु हुन्छ, त्यसपछि चीजहरू धेरै टाढा जान्छन्। यदि तपाई पनि त्यस्ता व्यक्तिहरू मध्ये एक हुनुहुन्छ, जसले आफ्नो पर्स, चाबी र चस्मा साथमा लिन बिर्सन्छन् वा घरमा के राखेका छन् भन्ने याद नै हुँदैन भने चिन्ताको विषय हो। स्मरणशक्ति ह्रास हुदै छ ,क्यालिफोर्निया युनिभर्सिटी इरविनले यो अध्ययन प्रकाशित गरेको छ , जो ब्यक्ति बिहान अबेर सुत्ने गर्छ , रातमा जाग्ने गर्छ त्यो नर्मल इन्सान हुदैन , दिमागी हालत बिग्रिदै जान्छ। छिटै डिमेन्सिया जस्ता मानसिक समस्या हुने खतरा हुन्छ। भुलक्ड बाट हुने सक्ने हानी नोक्सानी बिर्सने · बेवास्ता गर्नाले कछुवा र खरायोको कहावात याद आउछ। नोक्सानी वा हिनामिना हुने ठुलो खतरा हुन्छ र पनि अल्छी त अल्छी हो भबिस्यको ख्याल भएन जोस होस् हुन्छ। काम गर्ने बेलामा सुत्ने , सुत्ने बेलामा उठ्ने रोग लाग्छ स्वाथ्यमा बिकृति आउछ , चिड्चीडाहट हुन्छ , बेलुका चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी नै शारीरिक तथा मानसिक स्वास्थ्यको सूचक हो। त्यस्तै मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक र डायबिटिजको खतरा बढ्छ ।दिउँसो सुत्ने बानी निकै नराम्रो हो । यसले स्वास्थ्यमा ठूलो समस्या निम्त्याउँछ । दिउँसो सुत्ने बानीले बिएमआई (बडी मास इन्डेक्स) ३७ भन्दा धेरै हुँदा लिभर क्यान्सरको खतरा २५ प्रतिशतभन्दा बढी हुन जान्छ । दिउँसोको समयमा एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा ८५ प्रतिशतभन्दा बढी हुन सक्छ ।रातमा नसुत्दा रातमा आवश्यकताअनुसार नसुत्ने व्यक्तिलाई बिहान गुलिया र ‘जंकफुड’ खान मन लाग्छ ।दैनिक रातमा ४ घन्टाभन्दा कम सुत्नेहरुमा विभिन्न किसिमका क्यान्सरको खतरा बढ्छ।यसरी पर्याप्त नसुत्दा र कम सुत्ने बानीले विभिन्न रोग निम्त्याउने गर्छ ।
रोचक के छ भने संसारभर नै मानिस रातमा नै निदाउने गर्छन् । आखिर रातमै निद्रा किन लाग्छ ? आखिर रातमै निद्रा किन लाग्छ ? निद्रा मानव शरीरका लागि कति आवश्यक छ लगायतका विषयमा केन्द्रित रहेर त्रिवि शिक्षण अस्पतालको मनोरोग विभागका प्रमुख प्रा. डा. सरोजप्रसाद ओझा भन्छन दिन र रातले मानवजीवनको मस्तिष्कमा प्रभाव पार्छ । विश्वका विभिन्न ठाउँमा भिन्नाभिन्नै समयमा राति हुन्छ । जब सूर्यास्त हुन्छ मस्तिष्कमा मेलाटोनिन नामक हार्मोन निस्कन थाल्छ । जुन शरीरलाई स्वस्थ राख्न चाहिने सकारात्मक हार्मोन हो । स्वस्थ हार्मोन अँध्यारो कोठामा राति मात्र उत्पन्न हुन्छ । जसकारण रातको समयमा नै हामीलाई निद्रा लाग्छ ।
बिहान सूर्योदयसँगै मेलाटोनिन रसायनले प्रतिक्रिया बन्द गर्छ, त्यसपछि सेरोटोनिन निस्कन थाल्छ, जसले गर्दा हाम्रो निद्रा खुल्छ । ब्रह्माण्डले पनि सोहीकारण दिन र रातमध्ये रातमै निद्रा चाहिने धारणा सिर्जित गरेको छ । उज्यालोमा दिनभर नै काम गरिरहेका हुन्छौं । कुनै न कुनै क्रियाकलापमा हामी संलग्न हुन्छौं । त्यसक्रममा हाम्रो मानसिक तथा शारीरिक गतिविधि भइरहेको हुन्छ । त्यसैले शरीर र दिमागलाई आराम चाहिन्छ । मानव शरीर चल्दा रक्तसञ्चार भइरहेको हुन्छ । निरन्तर यो प्रक्रिया चल्दा शरीरलाई आराम चाहिन्छ । त्यसैले शरीर गल्दै रातको समयमा निद्रा लाग्छ । रक्तसञ्चारलाई सन्तुलनमा ल्याउन र शरीरका प्रत्येक अंगलाई आराम दिन निद्रा आवश्यक हुन्छ । खासमा निदाउने समय कुन हो ?
७ देखि ८ घण्टा निदाउनु राम्रो मानिन्छ । यद्यपि निदाउने समय यही नै हो भनेर किटान भइसकेको अवस्था छैन । मानिसको काम र शरीरको प्रकृतिअनुसार निद्राको समय पनि निर्धारित हुन्छ । सकेसम्म राति १० बजेदेखि बिहान ६ बजेसम्म सुत्नु राम्रो हुन्छ । अलि छिटो उठ्ने र कम समय सुत्नेका लागि १० देखि ५ सम्मको अवधिसम्म सुत्ने बानी छ वा बसाल्न सकियो भने मस्तिष्कलाई आराम पुग्छ । र, दिनचर्या स्वस्थ र उर्जाशील भएर बित्छ । हामीले खाने यथेष्ट भोजन जस्तै निद्रा पनि आवश्यक भएकाले निद्राको अवधि पूरा गर्नुपर्छ । पर्याप्त निद्रा पुगेमा आत्मसन्तुष्टि हुने, जीवन अर्थपूर्ण र सफल हुन्छ ।जो राति अबेरसम्म नसुत्ने मान्छेहरुले कम खाना खाँदा मानसिक तनाव लगायतका थुप्रै बिकर उत्पन्न हुन्छ भन्छन। जब मानिस निदाउँछ शरीरले आराम पाउँछ । एउटा गाडी पनि निरन्तर चल्न सक्दैन त्यस्तै मानव शरीर पनि २४ घण्टा नै एकै गतिमा चल्न सक्दैन ।
जब कोठाको बत्ती निभाएर आँखा बन्द गरेर सुत्छौं, तब हाम्रो मस्तिष्कबाट अल्फा किरण निस्कन्छन्, जसले हामीलाई निद्रामा पुर्याउँछ । हामी चेत हुँदै अर्धचेतन अवस्थामा पुग्छौं । यस अवधिमा हाम्रो मस्तिष्क बाहिरी संसारबाट अलग हुन्छौं ।निद्रा नपुगे हुन् सक्ने समस्याहरु शरीरमा ऊर्जा हराउने, आलस्य हुने, भुल्ने , रिसाउने , अत्यावश्यक काम नगर्ने , सुस्त गतिमा हुने तथा एकाग्रता कम हुने र विस्तारै अनिद्राको समस्या इन्सोमेनिया जस्ता रोग पनि लाग्न सक्छ । अनिद्राको समस्या भएर दैनिकी काम र स्वास्थ्यमा प्रभाव परिरहेको छ भने चिकित्सकको परामर्श लिनुपर्नेसम्मको अवस्था सिर्जना हुन्छ ।निद्राको बानी पार्न सुत्ने कोठा शान्त र अँध्यारो बनाउनुपर्छ । सकिन्छ भने बेडमा पुगिसकेपछि सामाजिक सञ्जालको संसारबाट हराउन मोबाइललाई बन्द गर्नु उपयुक्त हुन्छ । यसले निद्रामा बाधा पुर्याउन सक्छ । त्यस्तै, ध्यान गर्न सकियो भने त्यो निद्राको लागि उत्कृष्ट विकल्प हो ।रातिको समयमा तपाईंले जति कम खानुभयो, त्यसले तपाईंको एकाग्रता र शक्तिमा पनि त्यतिनै सकारात्मक प्रभाव पर्ने अध्ययनले देखाएको हो ।
पेन्सिलभेनिया विश्वविद्यालयका बरिष्ठ लेखक डेभिडा डिंगेजकाअनुसार राति अवेरसम्म नसुती जागा रहने युवालाई लगभग ५ सय क्यालोरी बराबरको खानको जरुरी छ ।उनी राति अबेरसम्म नसुत्ने मान्छेहरुले कम खाना खाँदा मानसिक तनाव लगायतका थुप्रै समस्याबाट टाढा रहन मद्धत गर्ने बताउँछन् । अध्ययनमा २१ देखि ५० वर्षसम्मका ४४ जनालाई सहभागी गराइएको थियो ।राति पूर्ण निद्रा सुतौं, नसुत्ने हो भने ठूलो रोग निम्तन्छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend