खबरब्रेकिंग, काठमाडौं, भदौ ७ गते । नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा एकजना पनि मन्त्री उपस्थिति नभएको भन्दै आपत्ति जनाएको छ । एमाले सांसद सूर्य थापाले २५ जनाको मन्त्रिमण्डलका एकजना सदस्यसमेत सदनमा उपस्थित नभएको भन्दै आपत्ति जनाए ।
थापाले सरकार हराएको भन्दै खोजी गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘यो सरकार हरायो सभामुख महोदय सरकारको खोजी गरी पाउ , मन्त्रीहरू बेगर यो सदनको कारबाही अगाडि बढ्न सक्दैन । प्रधानमन्त्री र २५ जना मन्त्रीहरूमध्ये एकजना पनि यहाँ हुनुहुन्न । यो घनघोर अन्याय हो । यो सदनको अपमान हो ।’ सदनमा एकजना पनि मन्त्री नहुनु सदनको अपमान भएको उनको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend