सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँचीका श्रस्टा थम्मन के.सीको शब्दमा रहेको सन्धिखर्कका बसन्त खड्का निर्मित टिष्टा कांगडा, बजारमा

अर्घाखाँचीका श्रस्टा थम्मन के.सीको शब्दमा रहेको सन्धिखर्कका बसन्त खड्का निर्मित टिष्टा कांगडा, बजारमा

खबरब्रेकिंग काठमाडौं, भदौ ३ गते । देशभक्ती पुर्ण भावले ओतप्रोत गित टिष्टा कांगडाको भिडियो बजारमा आएको छ । अर्घाखाँचीका स्रस्टा थम्मन के. सि . को शब्द सृजनामा चर्चित आधुनिक गायक सौगात सायरले लय र संगित भरेर स्वर दिएको यो गितको लागि अर्घाखाँचीका युवा वसन्त खडकाले भिडियो निर्माण गरेर बजारमा ल्याएका हुन ।यस अघि यो गितमा थुप्रै संगित पारखिहरुले टिकटक बनाइरहेका देखिन्छन ।
ग्रेटर नेपालको अवधारणा बोकेर बनाइएको यो गितमा आम देशभक्त नेपालिहरुलाइ टिस्टा कांगडा पुग्न सक्ने हैन र भन्ने प्रश्न गर्दै देशको सिमा मिचिन नदिन हौसला प्रदान गरिएको निर्माता वसन्त खड्काले जनाए ।
बर्तमान नेपालको पुर्वमा मेचि -देखी अझै पुर्व दार्जिलिंग, सिक्किम भन्दा अझै पुर्व टिष्टा सम्म र पश्चिमा कुमाउ ,गढवाल सतलज , सम्म नेपालको भु-भाग भएको इतिहासको सम्झना गर्दै विभिन्न कालाखन्डमा भएका राष्ट्रघाती सन्धी सम्झौताका बाबजुद बचेको थोरै भुमिमा पनि छिमेकी बिस्तारबादी शक्तिले अझै अतिक्रमण नत्यागेको सन्देश यो गितले दिएको उनको भनाइ छ ।

गीतमा छिमेकी देशले मनोमानी गर्दै हाम्रो देशको भुमी बर्षौ देखि मिच्दै अतिक्रमण गर्दै आईरहेको र सिमा बिबादमा हजारौ नेपाली जनतालाई बुट प्रहार गरेको , कालापानी ,लिपुलेक ,लिम्पियाधुरा, सुस्ता, महेशपुर, माने भञ्ज्याङ् लगायतका सिमाना अतिक्रमणका बिरुद्द आवाज उठाउने प्रयास गरिएको छ ।

यो गीतको अडियो रेकर्डिङ २ वर्ष अगाडि गरिएता पनि भिडियो छायांकन २०८०-असार -२४ मा अविरल फिल्म प्रालिको प्राबिधिक सहयोगमा सम्पन्न भएको थियो। बिश्नु भट्टराईको निर्देशनमा बनाइएको यओ म्युजिक भिडियोको सुटिङ्ग सुटिङ ऐतिहासिक जितगढी किल्ला र बुटवलका विभिन्न स्थानमा गरिएको छ ।
यो गित YouTube मा सारथि channel’ बाट हेर्न सकिने छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend