खबरब्रेकिंग, काठमाडौं, भदौ १ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा आफ्नो परिवारको संलग्नता नभएको स्पस्ट पारेका छन । उनले आफ्नो परिवारको नाम जोडिएपछि आपत्ति जनाएका छन्।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सुन तस्करी आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको बयान दिएको विषय बाहिरिएपछि आपत्ति जनाएका हुन्।
शुक्रबार वक्तव्य जारी गर्दै पत्रकारिता पेशाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा आफ्नो परिवारलाई जोडेर लेखेको समाचार शतप्रतिशत झुटो भएको भन्दै आपत्ति जनाएका हुन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend