शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

सांसद चन्द्र भण्डारी अस्पताल भर्ना,कस्तो छ स्वस्थ्य अवस्था ?

सांसद चन्द्र भण्डारी अस्पताल भर्ना,कस्तो छ स्वस्थ्य अवस्था ?

खबरब्रेकिंग,काठमाडौँ साउन ३१ ,गते । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । भण्डारी नियमित उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका हुन् ।

भण्डारीको स्वस्थ्य अवस्था सामान्य रहेको र नियमित उपचारका क्रममा भर्ना गरिएको उनका स्वकीय सचिव बोधराज कडेलले बताए । गत फागुन ३ गते बुद्धनगरस्थित घरमा आगलागी हुँदा आमा हरिकलासँगै भण्डारी गम्भीर घाइते भएका थिए । ४ फागुनमा उपचारको क्रममा आमाको निधन भएपछि उनलाई थप उपचारको लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार भएको थियो ।
अस्पताल भर्नाअघि भण्डारीले सामाजिक सञ्जालमार्फत आफू उपचारका लागि अस्पताल पुगेको जानकारी दिएका छन् । “समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ,” उनले लेखेका छन्, “इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शैय्यामा केही समयमा ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend