सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालको पुरानो गौरवमय चिनारी

नेपालको पुरानो गौरवमय चिनारी

इतिहासका कुरा

बिष्णु प्रसाद शर्मा,
बि. स. १७७९ पौष २७ गते भन्दा अघि पनि नेपाल, नेपालै थियो । स्व. श्री ५ पृथ्वीनारायण शाह भन्दा अघि गोरखा राज्यका राजाहरुले दौडमा भाग लिएर त्यहाँका मगर थरका जनताको भावनालाई कदर गर्दै अरु बाँकी जनताको साथ लिदै गोरखा राज्यलाई बीरताको स्थल नै कायम गराएका थिए । राम शाह, नरभूपाल शाह, शासक मात्रै होइनन्, शासनपद्धती, राजकाज चलाउने नीति, नियमको राम्रो पालना गर्दै आएका र ब्रिटिस रवैयाको नजर अन्दाज मात्र होइन, क्रुरता पनि बुझेर बसेका थिए । जव नरभूपाललाई टुक्रा टुक्रामा बिभाजित नेपाललाई सिंगो बनाउन पर्ने आबश्यकता दक्षिणमा रहेको छिमेकीलाई ब्यापारको निहँुमा सन ७१२ प्रवेश गरेको ब्रिटिसले तहस तहस बनाई रहेको र भोली नेपालको हविगत पनि सोही हुनेछ भन्ने ज्ञान प्राप्त भएको नुवाकोट मल्ल राजाको कब्जामा रहेकाले पहिला नै त्यो प्राप्त गर्नु उचित हुने देखे पछि नुवाकोट माथि पहिलो आक्रमण गरियो । राजकुमार श्री ५ पृथ्वीनारायण शाहले पनि यस बिषयलाई गहिरो अन्दाज गरिवक्सेको हुनाले बि.स. १७९९मा गोर्खाको राजगद्धिमा बसे पछि निक्कै गहिरो चेतनाका साथ एकिकरणको प्रयास गर्दै निरन्तरता दिई बक्सेको इतिहास छँदै छ । हिमाल, पहाड, तराई कोही छैनन् पराई भन्दै सबै देशवासी जनतालाई मेरा प्यारा देशवासी जनता भनेर सम्वोधन हँुदै आएको इतिहास हाम्रै सामु साक्षी रहेको छ । त्यसै गरी हाम्रा पुरखाहरुले शाहवंशिय राजाहरुका पूर्वजहरुलाई श्रद्धा गर्दै पृत्रीतर्पण गर्दै आइराखेका छौं । नेपालको भौगलिक अबस्था, बसोवास गर्ने जनता र बास्तविक अबस्थालाई नजिकवाट पहिचान गर्ने राजा पृथ्वी नरायण शाहले चार जात, छत्तिस बर्णको साझा फुलवारी हो भनेर सबैको गौरवता बढाई बक्सेको थियो । आज हामी नेपालीहरुलाई जातजातीमा बिभाजन गराएर भाँडेका छन । अब सबै नेपाली जनता एकै ठाउँमा उभिएर लडनु परेको छ । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend