शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

माओवादी लडाकु शिविरको घोटलाबारे ओलीले उठाए गम्भिर प्रश्न

माओवादी लडाकु शिविरको घोटलाबारे ओलीले उठाए गम्भिर प्रश्न

खबरब्रेकिंग, काठमाडौं, साउन २७ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी हिंसा र युद्ध कसको लागि लडिएको थियो भन्दै गम्भिर प्रश्न गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘समृद्ध नेपाल सुखी नेपाली देश विकासको मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो प्रश्न उठाएका हुन् ।

उनले भने, ‘माओवादी हिंसा द्वन्द्व युद्ध जनयुद्ध लडिएको कसको लागि थियो ? कसको विरुद्ध पिरोलिएको थियो रु त्यसबीचमा मारिए को ? पोलिटिकल पार्टीका कार्यकर्ता, मारिए, समाजका प्रतिष्ठित बुद्धिजीवी मारिए, समाजलाई बाटो देखाउने बत्तीहरु मारिए, गुरु लुइँटेलहरु मारिए, लमजुङका मुक्ति अधिकारीहरु मारिए ।’

अध्यक्ष ओलीले माओवादी सशस्त्र युद्धमा जो समाजका आड भरोसा थिए, जो समाजका अभिभावकजस्ता थिए त्यस्ता व्यक्तिहरु छानी छानी खोजी खोजी मारिएको बताए । उनले युद्ध भएको भए युद्धको नियम पालना हुने चर्चा गर्दै माओवादी सशस्त्र युद्ध हिंसा मात्र भएको दाबी गरे ।

सो क्रममा ओलीले, माओवादी लडाकु शिविरको घोटलाबारे पनि प्रश्न उठाए । सेना समायोजन गर्दा पहिले भनेजति सेना नभएको तर उनीहरुको नाममा लिएको पैसा लिएको भन्दै त्यो पौसा माओवादी नेताहरुले कहाँ लगे ? भनेर प्रश्न गरे ।

‘क्यान्टोनमेनमा के भयो त रु ३४ हजार भनियो तीन हजार भागे ३१ हजार भनियो ती पनि थिएनन् । गन्न खोज्दा मान्छे जम्मा गरेर ल्याइयो । मान्छे ट्रकका ट्रक जम्मा गरियो । यो दुनियाँले देखेको छ । कतिपय कुराहरु चिरन्जीवीजीहरुले किन नदेखेको जस्तो गर्नु भयो म बुझ्दिनँ ।’

३१ हजार भनेर माओवादीले देशभरिबाट मान्छे ओसारेर पैसा लिएको लियै गरेको उनको भनाइ छ । ‘गन्छौँ भनेपछि २४ हजार मात्र पर्र्यो । के ३१ हजार बाट २४ हजारमा एकै दिन घटेको हो रु २४ हजार नै सदर गर्दा पनि बीचको पैसा कहाँ गयो त ?

तत्कालीन माओवादी सेना १९ हजार पनि नरहेको तर राज्यबाट पैसा लिएर घोटाला गरेको उनको आरोप छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend