भक्त के सी
उपत्यकामा बन्द शटर काठमाडौंमा सामान्य भै सकेको छ, किनभने मानिसहरूले आफ्नो व्यापार बन्द गर्ने निर्णय गरेका छन्। काठमाडौंको मलहरु सुनसान छ ।व्यापार मन्दीका कारण न्यूरोड, असन, इन्द्रचोक, खिछापोखरी, ठमेल, सुन्धारा,समग्र व्यापार सामान्य अवस्थाको तुलनामा ५० देखि ६० प्रतिशतमा झरेको छ ।उपत्यकाका अधिकांश घर धनीले वर्षेनी १० प्रतिशतले भाडा बढाएको बताए ।“तरलताको अभाव, उच्च भाडादर, बैंकको उच्च ब्याजदर र बढ्दो प्रतिस्पर्धाका कारण व्यवसाय ओरालो लागेको छ । फलस्वरूप, व्यवसायीहरू शटर खाली गरेर व्यवसाय छोड्न बाध्य छन्।
न्यू बिजनेस सुरुगर्ने त् कुरै भएन , “अहिले करिब ६० प्रतिशत शटरहरू खाली छन् भन्ने हाम्रो अनुमान छ।”व्यापार मन्दीका कारण न्यूरोड, असन, इन्द्रचोक, खिछापोखरी, ठमेल,सुन्धारा, बालाजु, कलङ्की, चाबहिल, कोटेश्वर, बानेश्वर लगायतका क्षेत्रमा शटर ठप्प भएको छ ।
व्यवसायीले ती क्षेत्रमा एउटै शटरका लागि मासिक ५० हजारदेखि पाँच लाखसम्म भाडा तिरिरहेका छन् ।व्यवसायीले व्यवसाय छाड्न नदिन वैज्ञानिक घरभाडा दर लागू गरी वर्गफुटको आधारमा घर भाडा तोक्नुपर्ने र दोहोरो अंकमा रहेको बैंकको ब्याजदर घटाउनुपर्ने व्यवसायीको माग छ । बन्द भएका उद्योग तथा फर्ममध्ये १३० उद्योग क्षेत्रतर्फ र १ सय ४३ व्यापार तथा वाणिज्य क्षेत्रमा रहेका छन् ।नेपालमा होटल रेष्टुरेन्ट ब्यबसायमा समेत असर परेको छ , बन्द हुन थाले, तर नेपाल सरकारको अर्कै दुनियाँ छ। सरकारको काम गराईलाई कसरी विश्लेषण गर्नु, बलियो सरकार बन्ने दीर्घकालीन नीति आउने भएन। माओवादीको मिलिजुली सरकारको नेतृत्व गरिरहेको छ। सिद्धिने हो कि सुद्रने हो। नागरिक प्रतिक्रिया को पर्खाइमा छन्।
देशका नागरिकले मेसो पाएको छैन। स्थानीय सरकार कसरी चलेको छ भनेर देखाउन चुनौती भैसकेको छ। देश कता जान्छ, दुनियाँले हामीलाई कसरी हेरिरहेको छ भनेर बुझ्नेले सुन्नै चाहदैनन। नेपालमा केहिको पनि सुरक्षा छैन । न सम्पतिको सुरक्षा छ न ज्यानको । यो देशमा के को लागि उद्योगधन्दा खोल्ने, रोजगारी सिर्जना गर्ने मान्छेलाई सुबिधा भन्दा असुविधा सिर्जना गरिन्छ लखेटिञ्छ यो देशमा अब उद्योगधन्दा कल कारखाना कसले खोल्छ ? व्यापार कसले गर्ने ? एक सय शैया क्षमताको ललितपुरस्थित अल्का अस्पतालको अकुपेन्सी दर ५० देखि ६० प्रतिशतसम्म घटेको छ ।वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो। यो अस्पताल विसं १९४७ मा तत्कालीन प्रधानमन्त्री वीरशमशेर जंगबहादुर राणाको नाममा स्थापना भएको हो । बिमारीको भिड हुने ठाउँमा समेत बिमारी घटेको छ भनेर कन्सल्टेन्ट डाक्टरले भन्छन।
उत्कृष्ट अस्पतालहरु नर्भिक इन्टरनेशनल अस्पताल · नेपाल मेडिसिटी अस्पताल · वयोधा अस्पताल · काठमाडौं मोडेल अस्पताल · वीर अस्पताल · ओम र बी एण्ड बी अस्पतालमा आर्थिक रूपमा भार बढ्दैछ भन्ने गरिन्छ। कम्तिमा ६० देखि ८०% अकुपेन्सी भएमात्र अस्पतालहरु सहज रूपमा चलाउन सक्छन।आर्थिक अवस्था नाजुक, भएको हुदा उपचार गर्न गराउन समेत नसक्ने भए नागरिक , नेपालमा विश्वविद्यालय र कलेजहरूमा हजारौं सिट खाली हुँदा उच्च शिक्षा प्रणाली संकटमा परेको छ।सरल र सहज गुणस्तरीय शिक्षा गर्ने गरेको लगानीको अपर्याप्त गुणस्तरले गर्दा नेपालको सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटेको छ । नेपालले राजनीतिक अस्थिरताको अनुभव गरेको छ, जसले शिक्षा प्रणालीमा अवरोध उत्पन्न गरेको छ।कतिपय विश्वविद्यालयमा प्राध्यापक कक्षामा उपस्थित हुँदैन, नियमित उपस्थित हुँदैनन् र पुरै राजनीतिमा व्यस्त छन् । नेपालको रोजगार बजार अत्यधिक प्रतिस्पर्धी छ, र नेपाली विद्यार्थीहरूले उपयुक्त रोजगारीका अवसरहरू सुरक्षित गर्न महत्त्वपूर्ण चुनौतीहरूको सामना गर्नु पर्छ , उधोग धन्दा ,बन्धा व्यापार कृषि र पर्यटन चारै तर्फ मन्दी छाएको छ ।अधिकाम्स, धेरै नेपाली विद्यार्थीहरूले आफ्नो अध्ययनको क्षेत्रमा राम्रो शैक्षिक अवसरहरू पहुँच पुर्याउन विदेशमा अध्ययन गर्ने छनौट गर्छन्। क्यारियर सम्भावनाहरूको अवसर मिल्छ , विदेशमा अध्ययन गर्दा नेपालमा अध्ययन गर्नुभन्दा राम्रो करियरको सम्भावना र अवसरहरू प्रदान गर्ने विश्वास गर्छन्।स्कुल अफ मेडिकल साइन्स अन्तर्गत नर्सिङमा स्नातक जस्ता कार्यक्रमहरूमा विद्यार्थी भर्ना पनि कमजोर हुदै गएको छ। धेरै तरिकाबाट नगद देश बाहिर जाँदैछ, सर समान आयात, उच्च शिक्षाका लागि विद्यार्थीहरू पलायन आदि। उत्पादन बन्द छ उत्पादनमूलक, सोच, योजना प्रेरणा, लगानी छैन। भ्रष्टाचार नियन्त्रण, ठूला योजना, अल्पकालीन र दीर्घकालीन उद्योग व्यवसाय, गुणस्तरीय शिक्षा, पर्यटन व्यवसाय, विकास मौलाएमा बल्ल नागरिक बाहिरिन रोकिन्छन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend