शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए कारवाही गरेर देखाउनु पर्छः श्रीधर खनाल

आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए कारवाही गरेर देखाउनु पर्छः श्रीधर खनाल

खबरब्रेकिंग, काठमाडौं साउन २१ गते । नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता श्रीधर खनालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा एकखालको उत्साह पैदा गरेको बताएका छन । केही संचारकर्मी संग छोटो कुराकानीमा उनले यस्तो बताएका हुन । भ्रष्टाचारविरोधी अभियान लाई अझै प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने खनालले जोड दिए । भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बिच बाटोमा रोक्न नहुने खनालको भनाई छ । आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए कारवाही गरेर देखाउनु पर्ने खनालले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend