सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सामाजिक सञ्जाल अनि यसका असरहरु: सकारात्मक तथा नकारात्मक

सामाजिक सञ्जाल अनि यसका असरहरु: सकारात्मक तथा नकारात्मक

भक्त के सी

खबरब्रेकिंग, काठमाडौं, साउन १७ गते । सामाजिक सञ्जाल अनि यसका असरहरु: सकारात्मक तथा नकारात्मक , सामाजिक सञ्जाल फेसबुकमा आउने फेक (Fake News ) न्यूज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । पेसा ब्यबसाय अनुसारको आवश्यकताहरु लाई लिएर ठगि ब्याब्त छ जस्तै OET , IELTS ,PTE जस्ता को लागि परीक्षाको फि वा तयारी क्लास फी , भनेर लाग्ने भन्दा आधा रकम पठाऊ हामी गरिदिन्छु र बिना अध्ययन सकारात्मक रिजल्ट प्रमाणपत्र पाउने भनि बचन दिने गरेको छन्। रियल कम्पनीको कमेन्टको तल विवरण समेत दिएर झुक्याउने समेत गरका छन। पैसा तिरी सकेसी मोवाइल सिम फालेर बस्ने पैसा ठगेकोपाइएको छ। फेसबुक, इन्स्टाग्राम , टिकटक र व्हाट्सएप बाट ठगिने धेरै भैसकेको बुजिन्छ। नक्कली जब एजेन्सीहरू सक्रिय छन्। डक्टर , नर्स , प्यारामेडीक्स , ठगिएका धेरै उदहारण छन्। एक महिनाको तलब अफर लेटर देखाएर माग्ने गरेको देखिन्छ , ठगहरूले वास्तविक कम्पनीको नामबाट अफ़र लेटर जारी गर्छन्। साच्चै जस्तो हुन्छ। सबै ठेगाना नाम उसैको राख्छन , पैसा पायसी सम्पर्कविहीन हुन्छन। सास्थालाई सोध्योभने त्यो मान्छे त्यहाँ को कर्मचारी नै होइन भन्ने बुजिंन्छ।
ठगि गर्नेहरूले सामान्यतया दुई मध्ये एउटा विधि प्रयोग गर्छन्: (१) तिनीहरूले तपाईंलाई आफ्नो साथी भएको दाबी गर्दै नयाँ नम्बरबाट सन्देश पठाउँछन्। (२) त्यो नम्बर हाइज्याक गरेपछि तिनीहरू परिचित व्हाट्सएप खाताबाट सम्पर्क गर्छन्। सामाजिक सञ्जाल प्रयोग गर्दा ख्याल गरौँ, फेक अकाउन्टको फन्दामा फसिएला है। सस्तो प्रचार बाजी लोभ्याउने आकर्सक योजना दि राहा हुन्छन। झूटा प्रतिज्ञाहरू दिएर हजार देखी लाखौ लाख ठगि गर्ने गरेको पाईएको छ। फिसिङ घोटालाहरू जताततै छन्, त्यसैले तपाईंले व्हाट्सएप, इमेल, र अन्य प्लेटफर्महरूमा प्राप्त गर्नुभएको प्रत्येक अनपेक्षित लिङ्क र फाइलसँग सावधान रहनुहोस्।
यदि तपाईंलाई समूहमा थपिएको छ र वार्तालाप लिंकहरू, बारम्बार फर्वार्ड गरिएका सन्देशहरू, वा “अद्भुत व्यापार अवसरहरू” जस्ता घोटाला संकेतहरूले भरिएको छ भने, यसलाई छोड्नु राम्रो हुन्छ। यद्यपि, नियमित SMS वा फोन कलहरू जस्तै, तपाईंको फोन नम्बर भएका अन्य WhatsApp प्रयोगकर्ताहरूले तपाईंलाई सम्पर्क गर्न सम्भव छ। तिनीहरू तपाईंको सम्पर्कहरूमा हुन सक्छन् वा नहुन सक्छन्। यी व्यक्तिहरूले तपाईंलाई सन्देशहरू पठाउन सक्छन् किनभने तिनीहरू गलत जानकारी फैलाउन चाहन्छन् वा तपाईंसंग पैसा लिन ठग्न चाहन्छन्। चिने जानेको ब्यक्ति पनि गिरोहमा सामेल हुन् सक्छ। आँखा चिम्लेर विश्वास गर्न नसकिने दिन आएको छ। आफ्नाले आफ्नैलाई दुरुपयोग गरेका छन्। नेपाली ले नेपालीलाई फसाएको छ। दैनिक फ्री कोचिङ् , मेटेरियेल , परीक्षा बिना पास जस्ता असम्भब कुरा पडन पाइन्छ।

कसरी चिन्ने सामाजिक सञ्जालमा आउने ‘फेक न्यूज’ ? फेक न्यूज’ (गलत समाचार) दिनु कसैको स्वार्थमा हुन सक्छ, त्यो भन्दा खतरनाक कुरो
सत्यतथ्य नै नबुझी यस्ता भ्रमपूर्ण खबर शेयर गर्नु, आवेशमा आएर उच्छ्रिंखल गतिबिधि सुरु गर्नु, तिब्र प्रतिक्रिया दिनु हो । यस्तो क्रियाकलापबाट जोगिनका लागि समाचार सही हो की गलत थाहा पाउनु पर्दछ ।एआई भ्वाइस क्लोनिंग, अनलाइन धोखाधडीको लागि नयाँ अनुहार मौलाएका छन् कृत्रिम बुद्धिमत्ता (AI) को मद्दतले हुबहु स्वोरमिलाएर
दक्षिण भारतमा भर्खरै भएको घटनाले यो दुर्भावनापूर्ण अभ्यासलाई ध्यान दियो। यस अवस्थामा, स्क्यामरले एक परिचित व्यक्तिको प्रतिरूपण गर्‍यो, एउटा व्हाट्सएप भ्वाइस कल गर्‍यो जुन वास्तविक व्यक्ति जस्तै उल्लेखनीय रूपमा सुनियो।प्राविधिक विज्ञहरूले यो प्रवृत्तिलाई भविष्यमा अझ गम्भीर अपराधहरूमा बढ्न सक्ने सम्भावनाको रूपमा चिन्ताजनक रूपमा हेर्छन्। ठगीहरूले सेलिब्रेटीहरू वा राजनीतिक नेताहरूको नक्कल गर्न AI को दुरुपयोग गर्न सक्छन्, यसले मानिसहरूलाई वास्तविक र नक्कली कलहरू बीचको भिन्नता छुट्याउन चुनौतीपूर्ण बनाउँछ। सम्भावित दुरुपयोग वैज्ञानिकहरू र रक्षा अधिकारीहरू विरुद्ध हुन सक्छ, गम्भीर विश्वव्यापी समस्या सिर्जना गर्न सक्छ।
उमेर, लिङ्ग र इच्छा अनुसारका व्यक्तिहरुको फोन वा कम्पुटरसम्म त्यसरी पुग्ने समाचारले चाहेको ठाउँ र व्यक्तिसम्म तिब्र प्रभाव पार्ने गर्दछ । त्यसैगरी सामाजिक सञ्जाल र अनलाइन मिडियाका आकर्षक ब्यापारिक सामग्रीले बजार तताउन थालेका छन् । यसमा अत्यन्त सजक हुनुपर्ने अवस्था छ ।हिजोआज हावादारी अनलाइनमा कहिले अपराधी र ठगहरुले पनि आफ्नो स्वार्थ अनुसार यस्ता समाचार बनाउने, झुठोलाई साँचो, साँचोलाइ झुठो, कालोलाई सेतो र सेतोलाई कालो भनि आममानिसहरुका भावनासंग खेलवाड गर्ने परिपाटी रहेको देखिन्छ । यसमा सबैभन्दा भन्दा खतरनाक कुरा भनेको सत्यतथ्य नै नबुझी यस्ता भ्रमपूर्ण खबर सेयर गर्ने, आवेशमा आएर उच्छ्रिंखल गतिबिधि सुरु गर्ने, तिब्र प्रतिक्रिया दिने समुह हुने गरेको विभिन्न खोज अनुसन्धानले देखाएको छ । नेपालमा पनि नेपालीकै सक्रियताम नेपाली नर्स , डक्टर र स्वास्थ्यकर्मी ठगिएका छन्। ब्यबसायी धोखाधडीले एक घोटालासँग सम्बन्धित 60 भन्दा बढी रिपोर्टहरू प्राप्त गरेको छ जसले WhatsApp प्रयोगकर्ताको खातामा पहुँच पुर्याएर खाताबाट रकम चोरेको छ। घोटाला सुरु हुन्छ जब एक अपराधी गिरोह वित्तीय संस्था परिवार सम्म पहुच राख्ने गर्छन। दैनिक मेडियामा खबर आएकै छन्।
सामाजिक सञ्जाललाई नियमन गर्न साइबर ब्युरोको व्यवस्थापनको पक्षलाई अझै प्रभावकारी बनाउनु पर्छ। व्यक्तिले पाएको समाचारको मुल्यांकन गर्न जरुरी छ सामाजिक सञ्जालको फाइदा र बेफाइदा के हो, र कस्ता समाचार, विज्ञापन आर्थिक कुरामा नक्कली वाचाहरू सम्भव र असम्भव कुराहरु छुट्याउनु पर्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend