फाइल तस्विर
आर पी गैरे
खबरब्रेकिंग, काठमाडौँ साउन १६ गते । १० बर्ष सम्म जनयुद्ध लडेर १२ बुँदे सहमती मार्फत शान्तिपूर्ण राजनीति मूलधारमा आएको पार्टी हो माओवादी । नेकपा माओवादी केन्द्र बलियो र शक्तिशाली बन्नु पर्छ । माओवादी कमजोर बन्दा २०६२ , ६३ सालका उपलब्धिहरु गुम्ने खतरा हुन सक्छ । माओवादी केन्द्रलाई कमजोर बनाउन देशी बेदेशी शक्तिहरु नवारान देखिको बल प्रयोग गदै पनि आएका छन । यसमा हामी सजक र सचेत बन्नै पर्छ । पार्टी भित्र पनि केही नेताहरुले गलत बाटो बिराए जस्तो कता कता भान भइरहेको छ । नेताहरु सच्चिनु पर्छ । देश भक्त क्रन्तिकारी शक्तिहरु अब एक ठाउँमा उभिनु पर्छ । पद र स्वार्थमा अल्झिएर क्रन्तिकारी बिचारलाई छोडने बेइमान र घात कुनै नेताबाट नहोस । अब प्रचण्ड, बिप्लव, मोहन बैध, बाबुराम, किराती, आहुती लगायतका नेताहरु एक ठाउँमा उभिनु पर्छ । परिवर्तनकारी जनताको माग अहिले यही छ । अब जुट माओवादी, तिमीहरु फुटेको पटक्कै जनताले रुचाएका छैनन् । तिमीहरु नजुटे सुख्खै छैन । एक दिन तिमीहरु जुटनै पर्छ । जव तिमीहरुलाई प्रतिगामी शक्तिहरुले लखटन् सुरु गर्छन त्यस बेला मात्र थाहा पाउने छौं । हामी फुटन हुदैन्थ्यो भनेर । पार्टीलाई बलियो र शक्तिशाली बनाउन क्रन्तिकारी धार छोडनु हुदैन । गरिव निमुखा जनताको पार्टी हो माओवादी । त्यसैले अरु पार्टी भन्दा माओवादी गम्भिर बन्नु पर्छ । हाम्रो पार्टीका नेता कार्यकर्ताहरु इमान्दार बन्न सक्नु पर्छ । शक्तिको आडमा बदमासी गर्ने छुट कसैलाई पनि छैन । त्यसो भयो भने अथवा पुष्टि भयो भने कुनै पनि नेता तथा कार्यकर्तालाई जोगाउन सकिदैन कारवाही गर्नु पर्छ । जनताको बिश्वास र भरोसालाई टुट्न दिनु हुदैन । यो हाम्रो कर्तव्य र दायित्व हो । हामीले बेइमान र घात गर्दा हजारौ हजार शहिद र तिनका परिवार प्रति घात हुने छ । अब पनि हामी गम्भिर बन्न सकेनौं भने कहिले बन्ने ? भावि पुस्ताका लागी मार्ग चित्र कोर्ने जिम्मा हाम्रै काँध माथि छ । अब पनि बिचार पुयाउन सकिएन भने हामी आफै सकिने छौं । अब हामी सच्चिने की सक्किने आजैवाट बहस सुरु गरौं । गैरे, नेकपा माओवादी केन्द्रका इमान्दार कार्यकर्ता हुन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend