शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीसँग सभामुखको फोन वार्ता

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीसँग सभामुखको फोन वार्ता

खबरब्रेकिंग, काठमाडौँ साउन १६ गते । प्रतिनिधिसभा बैठक प्रभावित भएपछि सभामुख देवराज घिमिरेले जारी अवरोध हटाउन पहल गरेका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग फोन वार्ता गरेर उनले सदन सुचारु गराउन आग्रह गरेका थिए ।

सभामुख घिमिरेले आज दिउँसो १२ बजे बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरेका छन् । पटक पटक सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ शीर्ष नेताहरूलाई घिमिरेले स्मरण गराएका थिए ।

सोमबार पनि सदन अवरोध खोल्ने विषयमा प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग सभामुख घिमिरेले पटक पटक छलफल गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend