फाइल तस्विर
खबरब्रेकिंग,काठमाडौंसाउन १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ ।दुई शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको हो । उनीहरुबीच संसद अवरोध हटाउने र संवैधानिक परिषद बैठकको विषयमा छलफल भइरहेको बुझिएको छ ।
एमालेले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै सदन अवरोध गर्दै आएको छ । छानबिन समिति गठन नगरेसम्म विरोध यथावत रहने एमालेको अडान छ । प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश सिफारिसको लागि मंगलबार संवैधानिक परिषदको बैठक बोलाएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend