शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

माओवादीले पनि केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रशारण गर्ने

माओवादीले पनि केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रशारण गर्ने

खबरब्रेकिंग,काठमाडौंसाउन १५ गते । नेकपा माओवादी केन्द्रले पनि अब केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । माओवादीको आज बसेको पदाधिकारी बैठकले बुधबार देखि सुरु हुने केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेसले यसअघि बाटै केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।

बैठकको आधिकारिक जानकारी दिन बैठकको प्रत्यक्ष प्रशारण गर्नुपर्ने विषयमा समझदारी भएको बताइएको छ । ‘बैठकमा एउटा र बाहिर अर्कै प्रचार हुने भएकाले यसलाई रोक्न केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेका छौँ,’ महासचिव देव गुरुङले भने । माओवादीको केन्द्रीय कमिटी बैठक बुधबार देखि आईतबारसम्म चल्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend