खबरब्रेकिंग, काठमाडौँ,साउन १४ गते । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टीको यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएकामा प्राविधिक कारणले तयारी नपुगेको जनाउँदै ती बैठक स्थगित भएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend