खबरब्रेकिंग, काठमाडौँ,साउन १४ गते । लेखक विमल पोखरेलद्वारा लिखित नियात्रा संग्रह ‘धरतीको इन्द्रेणी’ सार्वजनिक भएको छ। अखिल छैठौँका पूर्वअध्यक्षसमेत रहेका पोखरेलको पुस्तक शनिबार नेपाल बार एशोसियनको हलमा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको हो।
प्यूठानका पोखरेलले अध्ययन र विद्यार्थी राजनीतिका क्रममा देशका विभिन्न स्थानमा पुग्दाका आफ्ना भोगाइ, देखेका दृश्य र अनुभूतिहरूलाई शब्दमा उतारेका हुन्। नियात्रामा संग्रहित २०७० सालदेखिका निबन्ध केही पत्रिकामा प्रकाशित छन् भने केही नयाँ पनि छन्। जसमा देशको माटो, भूगोल, राजनीतिक वातावरण तथा प्रभाव र देश बचाउन लागिपरेका पुर्खाहरूको वीर गाथासँगै राजधानीबाट पर रहेका दूरदराजका कटुसत्यताहरू समावेश गरिएको छ।
अधिवक्तासमेत रहेका पोखरेलद्वारा लिखित सो नियात्राको विमोचनसँगै चर्चापरिचर्चा समेत भएको हो। पूर्व सांसद् समेत रहेकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष मातृका पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य डा कौशिला रिसाल र पत्रकार अरुण बरालले उक्त पुस्तकको विमोचनसँगै चर्चा परिचर्चा पनि गरेका हुन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend