शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

खबरब्रेकिंग,काठमाडौं, साउन १३ गते । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा अपराह्न ४ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।
आज बस्ने बैठकले साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने भएको छ । यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो । सोही एजेन्डालाई अन्तिम रूप दिन बालुवाटारमा बैठक बस्न लागेको पार्टीका एक नेताले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend