शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

कांग्रेस पार्टी बलियो भएमात्र चुनौतीको सामना गर्न सकिन्छः नेता सिंह

कांग्रेस पार्टी बलियो भएमात्र चुनौतीको सामना गर्न सकिन्छः नेता सिंह

खबरब्रेकिंग,काठमाडौं, साउन १३ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी बलियो भएमात्र चुनौतीको सामना गर्न सकिने बताएका छन । नेता सिंहले शनिवार कांग्रेस काठमाडौं महानगरको सम्मेलन उद्घाटन गर्दै यस्तो बताएका हुन । उनले पार्टीको संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्ने बताए । साच्चिकै कार्यकर्ता र पार्टीको जीवनमा परिवर्तन अनुभूति हुनेगरी प्रशिक्षण कार्यक्रम बनाएर जानुपर्ने उनको भनाई छ । स्थानीय सरकारमा रहेका जनप्रतिनिधि र स्थानीय पार्टी कमिटीहरूबीच हुनु पर्ने सहकार्य अझै प्रभावकारी देखिनु पर्ने नेता सिंहले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend