बिष्णु प्रसाद शर्मा,
सर्वत्र चर्चित रहन नौला -नौला कामहरुको आविष्कार गरिनु पर्दछ । परमुखी र परभरताले त पराधिनता होइन्छ र खुशी मिल्दैन । खुशि रहन आत्मनिर्भर हुने बाटो खोज्नु पर्छ । जब सम्म हामी आत्मनिर्भर हुन सक्दैनौं तव सम्म हामी यस्तै अबस्थामा रहने हो । राजनीति दलको गलत सोच, गलत चिन्तनले गर्दा देश र जनताले दुख्ख पाउनु परिरहेको छ । यो कहिले सम्म हो यसै भन्न सकिने अबस्था छैन । गलत राजनीतिले गलत बाटो मात्र देखाउछ । धराप माथिको धरातलीय जीवन पानमा अडेको पानीको थोपान हो । कति बेला कता पट्टि कुन अबस्थामा पल्टिन्छ पत्तो हुदैन । सबैको भावनाको कदर गर्दै नेतृत्व गर्न सक्नु पर्दछ । पदीय दायित्ववाट बिचलन भै राष्ट्रको सम्पत्ति दुरुपयोग गरियो । सम्पत्ति नगद जिन्सी मात्रै हुदैन, धर्म, संस्कार, संस्कृति, मान मर्यादा र प्रतिष्ठा जस्ता धेरै कुराहरु पर्दछन । देशको माटो र जनताको आबश्यकता नबुझने राजनेता सही पात्र होइन, त्यो कुलंधार कुपात्र हो । देशभक्त पृथ्वीनारायण शाह, बहादुर शाह, महेन्द्र जस्ता कालजयी राजाहरुले शासन गरेको देश नेपाल आज बैरी, परचक्री फिरंगीहरुको क्रिडास्थल बन्दा मन नदुख्नेहरुलाई नेपालका शासक कदापी भन्न नै सकिदैन । नेपालले संयुक्त राष्ट्र संघको सदस्यता बि. स. २०१२ साल मंसिर २९ गते, डिसेम्वर १४, १९५५ मा प्राप्त गरि अरु सदस्य राष्ट्रहरुको सरह मान्यता पाएको थियो । हिन्दु अधिराज्यका नामले भरिपूर्ण थियो । र सगरमाथा र हिन्दु अधिराज्य एक मात्र राष्ट्र भनेर चिनिदै गर्दा मासिन पुग्यो । नेपालको रमणीय भू प्रकृति प्रति बिशेष अनुराग बोकेका राजालाई हटाएर गणतन्त्रात्मक पद्धति अपनाउन पर्ने कुनै आबश्यकता नै नहुदा संग्रह गरिएको अबस्थालाई जोगाउन राष्ट्रका अमूल्य निधिहरु बिदेशीलाई ख्याल ख्यालमै सुम्पदै गएको अबस्था छ । गलत राजनीतिले राष्ट्रको महत्वपूर्ण गहनाहरु सबै गुमाउन पर्दो रहेछ । गुमाएको पीडा जनतालाई जव बोध हँुदै जान्छ तव तव सबै जसो छाडा जिम्मेवारी बिहिनता मानिसहरुमा आपसि सदभावहरुमा अहमता, निराशा र कर्तब्य बिमुखताको कारण नयाँ पीढिलाई गलत कार्यमा उन्मुख गराएको हेरेर बस्नु बिकल्प रहदैन । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend