खबरब्रेकिंग, काठमाडौं,साउन १० गते । कांग्रेस केन्द्रीय समितिको बैठकमा उठेका प्रश्नको आज सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम छ । गएको साउन दुई गतेदेखि शुरु भएको बैठकमा अब सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी छ।
पार्टीको आन्तरिक र राष्ट्रिय महत्वका मुद्दामा अरु नेताहरुले आ–आफ्ना धारणा राखिसकेका छन् ।आज पार्टी सभापति देउवाले सम्बोधन गरेपछि बैठक समापन गर्ने तयारी छ । अस्ति सोमबार बसेको बैठक आज दिउँसो चार बजेसम्मका लागि सारिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend