शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

आज प्रतिनिधिसभा बैठक बस्दै

आज प्रतिनिधिसभा बैठक बस्दै

खबरब्रेकिंग, काठमाडौं,साउन १० गते । आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संसदमा पेश हुनेछ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वविद्यालय विधेयक २०८० लाई छलफलका लागि सबन्धित समितिमा पठाईयोस भन्ने प्रस्ताव पेश गर्नेछन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend