खबरब्रेकिंग, काठमाडौँसाउन ९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न चार बजे आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा केन्द्रीय समिति बैठकको निर्णय बारे छलफल हुने बताइएको छ । त्यसअघि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले सानेपामा कार्यालय तहमा छलफल गर्दै छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend