बिष्णु प्रसाद शर्मा,
परम्परा अनुसार नाप्ने मानापाथीमा भुसि नभरी बिट सम्मको भराई अनुसार ब्यवसाय चलाउन पल्केकाहरुले नौ हातको नापन यन्त्रलाई प्रयोग गर्दा आफैले पालेर पोसिएका साधनहरुको शब्दजालमा कसिएको अलापेल अलपिनेलाई भन्दा उच्चारित शव्दहरुको बिना जर्गेना ओकल्दा पछिका संवादहरुलाई निमिट्यान्न बनाउँदैन भन्न सकिदैन । नियामक र नियमित हुनु बिद्धानहरुको प्राथमिकताले नै खुफियाको स्थानसम्म पुयाउन सक्दथ्यो । तर नियन्त्रक खाता नियन्त्रण र नियन्त्रित अबस्थामा जसले पस्किदिएको उसैको भरोसामा मात्रै चलाइने हो र त्यो भन्दा मसिनो हुने गरी पस्किदैन । नियुक्ति गराउने नै उसको अन्नदाता हो । नियोजन केन्द्र वा नियोजनालयवाट निर्देशित बाहेक अरु उपलव्धिको आशा गर्नु उचित ठहदैन । जाँचबुझ आयोग, बितरण आयोग र निवारण आयोग देखाउने यन्त्रालयहरु हुन । आशा राख्नु भुलिएर रुमलिनु मात्रै हो । आगोबल्दा निस्कने धुवाँ चलेको हावाको नियन्त्रणमा हुन्छ । आगो बालि दिनेलाई दोष लगाएर कुनै औचित्य रहदैन । निम्ठो जन्जिर र नियतिले उव्जाएका खैजेडीहरुको अलापमा रंगिनु आबश्यक छैन । छरिएर, अलमलिएर दिशाको टुंगो नभएर बिचलित अबस्थामा रहेका सबै पात झर्ने लागेको बुटो भएता पनि झांगिनु नै आजको सन्देश हो । निव्र्याजी भए पनि निर्वाहका लागी समयले दिएको निर्देशनको पालना गर्न सक्नु उचित ठहर्दछ ।
बाघले खाए पनि भिरवाट लडे पनि आखिर किलो त रित्तो हुनु नै हो । नेपाल महाप्रताप बध्र्दक प्राप्त त हुन नसकेकै हो नी । नैतिक पतन भइसकेपछि उसका लागी अरु केही बाँकी छ की भनेर खोजिराख्नु आबश्यक छैन । फेक हो वा यथार्थ हो भनेर पत्ता लगाउन नसक्नेहरु र दुंगामा हान्ने मेरै मानिस थिएकी अरु कसैका थिए भन्ने नै चेतना नभएका मानिसहरुले देशलाई चलाउन सक्दछन ? यो यथार्थतालाई केलाउन नसक्नु नै जनताको कमजोरी हो र निष्कर्ष पनि यही हो । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend